२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

वासिङ्टनको भ्रमण गर्नुअघि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिइरहनुभएको छ: इजरायली प्रधानमन्त्री

२० असार २०८२, शुक्रबार १५:४३

प्यालेष्टिनी सशस्त्र लडाकू समूह (हमास)ले शुक्रबार इजरायलसँगको युद्ध रोक्न गरिएको युद्धविराम प्रस्तावमा अन्य प्यालेस्टिनी आन्दोलनसँग परामर्श गरिरहेको बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सोमबार वासिङ्टनको भ्रमण गर्नुअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि दबाब दिइरहनुभएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी गरेको आक्रमणपछि हमासलाई नष्ट गर्ने र लडाकूहरूले कब्जा गरेका सबै बन्धकहरूलाई घर फर्काउने उद्देश्यसहित इजरायलले गाजामा ब्यापक आक्रमण सुरु गरेको थियो ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा यसअघि भएका दुई युद्धविराममा प्यालस्टिनी कैदीहरूको बदलामा इजरायली बन्धकहरूको फिर्तीसँगै युद्धमा अस्थायी रूपमा रोक लगाइएको छ ।

“हमासले प्यालेस्टिनी सेना र गुटका नेताहरूसँग मध्यस्थहरूबाट प्राप्त प्रस्तावको बारेमा परामर्श गरिरहेको छ,” हमासले शुक्रबार बिहान जारी एक विज्ञप्तिमा भनेको छ ।

यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजामा लडाकुहरूले लगेका सबै बन्धकहरूलाई घर फर्काउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सन् २०२३ को हमास आक्रमणमा सबैभन्दा बढी बन्धक बनाइएका समुदाय निर ओज किबुट्जका बासिन्दालाई सम्बोधन गर्दै नेतन्याहूले भन्नुभयो, “म सबैभन्दा पहिले हाम्रा सबै अपहृत व्यक्तिहरूको फिर्ती सुनिश्चित गर्न गहिरो प्रतिबद्धता व्यक्त गर्दछु ।”

ट्रम्पले बिहीबार गाजाका जनताको लागि ‘सुरक्षा’ चाहेको बताउनुभएको थियो ।

“म गाजाका जनताको सुरक्षा हेर्न चाहन्छु । उनीहरूको अवस्था अत्यन्त्यै दयनीय छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’