२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली आक्रमणमा १५ जनाको मृत्यु

२० असार २०८२, शुक्रबार १७:२५
काठमाडौँ । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग २१ महिनाको युद्धपछि इजरायली हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ ।
इजरायलले हालै गाजा पट्टीमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । त्यहाँ युद्धले यस क्षेत्रको २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ ।
दक्षिणी गाजा सहर खान युनिस नजिकै विस्थापित मानिसहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघायरले बताउनुभयो ।
उहाँले खान युनिसको तटमा रहेको पाल शिविरहरूमा दुई अन्य आक्रमणमा थप आठ जनाको मृत्यु भएको बताउनुभयो । उक्त आक्रमणमा शुक्रबार बिहान दुई बालबालिकाको मृत्यु भएको थियो ।
प्यालेस्टिनी लडाकू समूह हमासले बिहीबार मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको बताए पनि इजरायली नेताहरू हमासलाई दमन गर्ने आफ्नो लक्ष्यमा अडिग छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले हमाससँग ६० दिनको युद्धविराममा सहमति जनाएको भन्दै गाजामा बाँकी रहेका बन्धकहरूलाई रिहा गर्नसक्ने बताउनुभएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बाँकी बन्दीलाई फिर्ता गर्न ठूलो आन्तरिक दबाबमा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’