२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

२० असार २०८२, शुक्रबार १७:२८

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी साता हुने बेलायतको राजकीय भ्रमणका क्रममा त्यहाँको संसद्लाई सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।

दुई देशबीचको सम्बन्ध लाई प्रगाढ बनाउने विषयमा हुने शिखर सम्मेलनमा सहभागी हुन उहाँ मङ्गलबार लण्डन जानुहुनेछ ।

राजा चाल्र्स तृतीयको कार्यालय बकिङघम प्यालेसले शुक्रबार भनेको छ, “राष्ट्रपति र श्रीमती म्याक्रोँले वेस्टमिन्स्टर प्यालेसको भ्रमण गर्नुहुनेछ र भ्रमणका क्रममा बेलायती संसद्लाई सम्बोधन गर्नुहुनेछ ।

सन् २००८ मा निकोलस सार्कोजीपछि बेलायतको राजकीय भ्रमण गर्ने म्याक्रोँ पहिलो फ्रान्सेली राष्ट्रपति हुनुहुन्छ ।

राजा चाल्स द्वितीयको निमन्त्रणामा फ्रान्सेली नेताले उहाँकी पत्नी ब्रिगिटसहित बेलायतको राजकीय भ्रमण गर्नलाग्नुभएको हो ।

उहाँहरू लण्डनको पश्चिममा रहेको विन्डसर क्यासलस्थित राजा चाल्र्स द्वित्तीयको निवासमा हुने राजकीय भोजमा सहभागी हुनुहुनेछ ।

विन्डसरमा रहँदा म्याक्रोँले सेन्ट जर्ज च्यापलमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको समाधिस्थलमा फूल चढाउने कार्यक्रम छ ।

सन् २०२३ को सेप्टेम्बरमा चाल्र्सले फ्रान्सको राजकीय भ्रमण गर्नुभएको थियो ।

भ्रमणका क्रममा म्याक्रोँले बेलायती प्रधानमन्त्री केइर स्टार्मरसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

बेलायतको कन्जरभेटिभ पार्टीको अघिल्लो सरकारको पालामा अर्थात् ब्रेक्जिटपछि पेरिस र लण्डनबीच राजनीतिक तनाव बढेको थियो तर स्टार्मरको नेतृत्वमा रहेको मध्य–वामपन्थी लेबर सरकारको नेतृत्वमा सम्बन्धमा नयाँ न्यानोपन आएको छ र दुई देशले युक्रेनका लागि शान्ति खोज्ने युरोपेली प्रयासको नेतृत्व गरिरहेका छन् ।

बेलायतको प्रमुख राजनीतिक मुद्दाका रुपमा रहेको च्यानलको जोखिमपूर्ण स–साना डुङ्गा पार गर्ने आप्रवासीलाई रोक्ने रणनीतिमा दुई देशबीच सहमति हुन सकेको छैन ।

बिहीबार लण्डनमा हुने ३७ औं फ्रेन्को–ब्रिटिस शिखर सम्मेलनको एजेन्डामा यो विषय उच्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’