२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रोममा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ३० जना घाइते

२०८२, २० असार शुक्रबार १७:३१

इटालीको राजधानी रोमको एक पेट्रोल पम्पमा शुक्रबार भएको भीषण विस्फोटमा परी कम्तीमा ३० जना घाइते भएका छन् ।

घटनास्थलको निरीक्षण गर्दै रोमका मेयर रोबर्टो ग्वाल्टिएरीले नौ जना कानून प्रवर्तन अधिकारीसहित अन्य २१ जना घाइते भएको र तीमध्ये एकको अवस्था गम्भीर रहेको बताउनुभएको छ ।

ग्वाल्टिएरीले स्थानीय समयअनुसार बिहान ८ः२० बजे भएको विस्फोटपछि छिमेकी भवनहरू खाली गराइएको बताउनुभयो । ती भवनमा बालबालिकाको ग्रीष्मकालीन शिविर आयोजना गर्ने खेल हलसहित ‘ठूलो क्षति’ भएको बताउनुभएको छ ।

बच्चाहरूलाई पहिल्यै सुरक्षित स्थानमा लगिएको कारण थप धेरै मानवीय क्षति हुन पाएन ।

ग्वाल्टिएरीका अनुसार इन्धन भर्ने क्रममा ग्यास चुहिएपछि आगो लागेको थियो । घटनास्थलमा आपतकालीन सेवाहरू तत्काल पुगेका र विस्फोट हुँदा उद्धार कार्य जारी थियो ।

“विस्फोट वास्तवमै शक्तिशाली थियो। मैले सपनामाजस्तै आफ्नो छाला जलिरहेको महसुस गरें,” स्पोट्र्स सेन्टरमा काम गर्ने २३ वर्षीया मिचेल सेकोले एएफपीसँग भनिन् ।

अनलाइनमा शेयर गरिएको मोबाइल फोन फुटेजमा आकाशमा ठूलो आगोको गोला खसेको र त्यसपछि पूर्वी रोमको प्रेन्सटिनो क्षेत्रमा कालो धुवाँ फैलिएको देखिएको छ ।

एएफपीका संवाददाताहरुका अनुसार यो आवाज शहरमा टाढासम्म सुनिएको थियो र शहरका झ्यालहरु समेत हल्लिएका थिए ।

खेल केन्द्रका प्रमुख बाल्जानी फाबियोले पहिलो आगलागी बिहान ७ः३० बजेदेखि ७ः४० को बीचमा सुरू भएको थियो । यदि आगलागी अर्को केही समय (४५ मिनेट) पछि भएको भए यसले विनाशकारी नतिजा ल्याउनसक्ने थियो ।

उहाँले एएफपीसँग भन्नुभयो, “यदि यो घटना बिहान ८ः३० बजे वा पछि भएको भए यो नरसंहार र विपत्तिको कारण हुने थियो ।”

उहाँका अनुसार बिहान ८ः३० बजे केन्द्रमा ग्रीष्मकालीन शिविरका लागि करिब ६० जना बालबालिका आउने अपेक्षा गरिएको थियो भने करिब १२० जना बालबालिकालाई स्विमिङ पुल प्रयोगका लागि बुकिङ गरिएको थियो ।

अग्निनियन्त्रकहरूको १० वटा टोली पेट्रोल पम्प रहेको घटनास्थलमा पठाइएको थियो । पम्पमा गाडीको इन्धन र तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) दुवै उपलब्ध थियो ।

अग्नी नियन्त्रकले सामाजिक सञ्जालमा कालो र मुस्लोको झोका सतहदेाि माथि आकाशमा पुगेर फैलिएको भिडियो पोस्ट गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री जियोर्जिया मेलोनीले आफूले परिस्थितिलाई नियालिरहेको र अधिकारीलाई आवश्यक निर्देशन दिएको बताउनुभएको छ ।

उहाँले एक्समा लेख्नुभएको छ, “म घाइते भएका सबैसँग दुःखको यस घडीमा समवेदनना व्यक्त गर्दछु र कानून प्रवर्तन अधिकारी, अग्निनियन्त्रक र स्वास्थ्यकर्मीसहित उद्धार र सुरक्षा कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन्छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह