२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा भवन भत्किँदा छ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशङ्का

२० असार २०८२, शुक्रबार १७:३४

पाकिस्तानमा शुक्रबार पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

यो घटना स्थानीय समयअनुसार बिहान १० बजेपछि कराँचीको लियारी इलाकामा भएको थियो । लियारी इलाका कुनै समय सामूहिक हिंसाबाट ग्रस्त थियो भने यो पाकिस्तानको अत्यधिक जोखिमयुक्त क्षेत्रमध्ये एक मानिन्छ ।

उक्त भवनका ३० वर्षीय शङ्कर काम्होका अनुसार भवनमा करिब २० परिवार बस्दै आएका थिए ।

उहाँले एएफपीसँग भन्नुभयो, “मलाई भवन भत्किन लागेकोे खबर मेरी श्रीमतीको फोनबाट जानकारी भयो । मैले उनलाई तत्काल बाहिर निस्कन भने ।”

उहाँले भन्नुभयो, घटनाबारे उनले छिमेकीलाई सुनाउँदा भवन बलियो रहेको भनेपछि उनी छोरीलाई लिएर सुरक्षित स्थानमा गएको तर त्यसको लगभग २० मिनेटपछि उक्त भवन पूर्णरूपमा भत्किएको थियो ।”

स्थानीय प्रहरीका एक वरिष्ठ अधिकारी आरिफ अजिजले एएफपीसँग कुरा गर्दै छ जनाको शव निकालिएको र छ जना घाइतेको उद्धार गरिएको बताउनुभयो ।

भवनमा १०० जनासम्म बस्दै आएका भएपनि कतिपय कामको शिलशिलामा बाहिर रहेका थिए ।

उद्धार कार्यमा संलग्न इधी वेलफेयर फाउन्डेसनका साद इधीले एएफपीसँग भन्नुभयो, “कम्तीमा पनि आठदेखि १० जना अझै फसेका हुन सक्छन्।”
उहाँले मृत्यु हुनेको सङ्ख्या छ पुगेको पनि पुष्टि गर्नुभयो ।

कम्तीमा पाँचवटा स्काभेटरसहित आसपासका बासिन्दाहरूले उद्धारमा सघाएका थिए ।

सन् २०२० को जुनमहिनामा शहरको सोही क्षेत्रमा करिब ४० वटा अपार्टमेन्ट रहेको आवासीय भवन भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र कमजोर निर्माण सामग्रीका कारण छाना र भवन भत्किँदा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य