२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानमा भवन भत्किँदा छ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशङ्का

२०८२, २० असार शुक्रबार १७:३४

पाकिस्तानमा शुक्रबार पाँच तले भवन भत्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

यो घटना स्थानीय समयअनुसार बिहान १० बजेपछि कराँचीको लियारी इलाकामा भएको थियो । लियारी इलाका कुनै समय सामूहिक हिंसाबाट ग्रस्त थियो भने यो पाकिस्तानको अत्यधिक जोखिमयुक्त क्षेत्रमध्ये एक मानिन्छ ।

उक्त भवनका ३० वर्षीय शङ्कर काम्होका अनुसार भवनमा करिब २० परिवार बस्दै आएका थिए ।

उहाँले एएफपीसँग भन्नुभयो, “मलाई भवन भत्किन लागेकोे खबर मेरी श्रीमतीको फोनबाट जानकारी भयो । मैले उनलाई तत्काल बाहिर निस्कन भने ।”

उहाँले भन्नुभयो, घटनाबारे उनले छिमेकीलाई सुनाउँदा भवन बलियो रहेको भनेपछि उनी छोरीलाई लिएर सुरक्षित स्थानमा गएको तर त्यसको लगभग २० मिनेटपछि उक्त भवन पूर्णरूपमा भत्किएको थियो ।”

स्थानीय प्रहरीका एक वरिष्ठ अधिकारी आरिफ अजिजले एएफपीसँग कुरा गर्दै छ जनाको शव निकालिएको र छ जना घाइतेको उद्धार गरिएको बताउनुभयो ।

भवनमा १०० जनासम्म बस्दै आएका भएपनि कतिपय कामको शिलशिलामा बाहिर रहेका थिए ।

उद्धार कार्यमा संलग्न इधी वेलफेयर फाउन्डेसनका साद इधीले एएफपीसँग भन्नुभयो, “कम्तीमा पनि आठदेखि १० जना अझै फसेका हुन सक्छन्।”
उहाँले मृत्यु हुनेको सङ्ख्या छ पुगेको पनि पुष्टि गर्नुभयो ।

कम्तीमा पाँचवटा स्काभेटरसहित आसपासका बासिन्दाहरूले उद्धारमा सघाएका थिए ।

सन् २०२० को जुनमहिनामा शहरको सोही क्षेत्रमा करिब ४० वटा अपार्टमेन्ट रहेको आवासीय भवन भत्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड र कमजोर निर्माण सामग्रीका कारण छाना र भवन भत्किँदा बर्षेनी सयौँ व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ