२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकामा बाढीका कारण २४ जनाको मृत्यु,२३ जना बालिका सम्पर्कविहीन

२१ असार २०८२, शनिबार १२:०२

काठमाडौँ । अमेरिकाको टेक्सासमा बाढीका कारण कम्तीमा २४ जनाको ज्यान गएको छ। ग्वाडालुपे नदीमा शुक्रबार आएको बाढीमा परी कम्तीमा २४ जनाको ज्यान गएको केर काउन्टीका सेरिफ लेरी लाइथा‌लाई उधृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ।

घटनामा कम्तीमा २३ जना बालिका सम्पर्कविहीन भएका छन्। शुक्रबार सबेरै आँधीले करिब एक फिट वर्षा गराएपछि बाढी आएको थियो। ती बालिका ग्रिष्मकालीन शिविरमा थिए। जहाँ हरेक वर्ष टेक्सास राज्यभरिबाट हजारौँ बालबालिका शिविरमा सहभागी हुन आउँछन्।

अधिकारीहरूका अनुसार हन्ट, टेक्सासस्थित नदीकिनारको क्रिस्चियन शिविर क्याम्प मिस्टिकबाट २३ देखि २५ जना बालिका अझै सम्पर्कविहीन छन्।

अधिकारीहरूले कति जना हराइरहेका छन् भन्ने विवरण दिएका छैनन्। अहिलेसम्म २३७ जनाको उद्धार भइसकेको छ। खोज तथा उद्धार अभियान जारी रहेको उनीहरूले बताएका छन्।

‘केही घण्टाअघिसम्म हामीले २३७ जनालाई उद्धार वा स्थानान्तरण गरिसकेका छौँ, जसमा १६७ जना हेलिकप्टरमार्फत उद्धार गरिएका हुन्,’ पत्रकार सम्मेलनमा मेजर जनरल थोमस एम सुवेल्जरले भने, ‘मौसमले साथ दिएकाले हेलिकप्टरबाट उद्धार भइरहेको छ।’

सुवेल्जरले शनिबार उद्धार शिविरहरूको व्यवस्थापनमा सहयोग गर्न जनशक्ति खटाइने जानकारी दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासको मध्य क्षेत्रमा आएको बाढीलाई ‘भयानक’ भन्दै त्यसपछि संघीय सहयोगको प्रतिबद्धता जनाएका छन्।

‘यो निकै भयानक हो। बाढी? यो त निकै स्तब्ध पार्ने खालको छ। अहिले पनि कति मानिसहरू प्रभावित छन् भन्ने स्पष्ट छैन, तर यस्तो देखिन्छ कि केही युवा मानिसहरूले ज्यान गुमाएका छन्,’ ट्रम्पले एयर फोर्स वनबाट न्युजर्सीस्थित गल्फ क्लब जाँदै गर्दा सञ्चारकर्मीसँग भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य