२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजराइलको चेतावनीका कारण आत्मसमर्पण नगर्ने हिजबुल्लाह प्रमुखको भनाइ

२०८२, २२ असार आईतवार १६:२३

हिजबुल्लाहका नेता नईम कासिमले लेबनानी लडाकूलाई निःशस्त्रीकरण गर्न दबाब दिए पनि आफ्नो समूहले इजरायली धम्कीको जवाफमा आत्मसमर्पण वा हतियार नबिसाउने बताउनुभएको छ ।

“यो चेतावनी हामीलाई आत्मसमर्पण स्वीकार गर्न बाध्य पार्ने छैन,” हिजबुल्लाहको गढ मानिने दक्षिणी उपनगर बेरुतमा आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै कासिमले भन्नुभयो ।

गत वर्ष इजरायल र हिजबुल्लाहबीच भएको युद्धपछि सत्ता सम्हालेका लेबनानी नेताहरूले पटक–पटक हतियार बोक्न राज्यको एकाधिकार कायम हुनुपर्ने बताएका छन् भने इजरायलले नोभेम्बरमा भएको युद्धविराम सम्झौताको पालना गर्न माग गरेको छ ।

गत सेप्टेम्बरमा इजरायलले हसन नसरल्लाहको हत्या गरेपछि लामो समयदेखि सत्तामा रहेका कासिमले समूहका लडाकुले हतियार नछोड्ने र पहिले इजरायलको ‘आक्रामकता’ रोक्नुपर्नेमा जोड दिनुभयो ।

अमेरिकी राजदूत टम ब्यारेकले सोमबार बेरुतमा सम्बोधन गर्ने अपेक्षा गरिएको बेला उहाँको यस्तो भनाइ आएको हो ।

लेबनानी अधिकारीहरूले इरान समर्थित हिजबुल्लाहलाई यस वर्षको अन्त्यसम्ममा निशस्त्रीकरण गर्न ब्यारेकको अनुरोधको जवाफ दिने छन्, नाम नबताउने शर्तमा लेबनानी अधिकारीहरूले बताए।

लेबनानी अधिकारीहरुले इजरायली सीमा नजिकै दक्षिणमा रहेको हिजबुल्लाहको सैन्य संरचना ध्वस्त पारिरहेको बताएका छन् ।

इजरायलले लेबनानमा नोभेम्बरमा भएको युद्धविरामको बावजुद पनि हिजबुल्लाहको निशानामा प्रहार गर्ने दाबी गर्दै आएको छ र बेरुतले उक्त समूहलाई निःशस्त्रीकरण गर्न पर्याप्त कदम नचालेको आरोप लगाएको छ ।

युद्धविराम सम्झौताअनुसार हिजबुल्लाहले आफ्ना लडाकुलाई इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा लिटानी नदीको उत्तरमा फिर्ता लैजानु पर्नेछ ।

इजरायलले सम्पूर्ण लेबनानबाट आफ्ना सेना फिर्ता बोलाउने तयारी गरेपनि रणनीतिक ठानिएका पाँच स्थानमा आफ्नो सेनालाई तैनाथ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो