२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजराइलको चेतावनीका कारण आत्मसमर्पण नगर्ने हिजबुल्लाह प्रमुखको भनाइ

२२ असार २०८२, आईतवार १६:२३

हिजबुल्लाहका नेता नईम कासिमले लेबनानी लडाकूलाई निःशस्त्रीकरण गर्न दबाब दिए पनि आफ्नो समूहले इजरायली धम्कीको जवाफमा आत्मसमर्पण वा हतियार नबिसाउने बताउनुभएको छ ।

“यो चेतावनी हामीलाई आत्मसमर्पण स्वीकार गर्न बाध्य पार्ने छैन,” हिजबुल्लाहको गढ मानिने दक्षिणी उपनगर बेरुतमा आफ्ना हजारौं समर्थकलाई सम्बोधन गर्दै कासिमले भन्नुभयो ।

गत वर्ष इजरायल र हिजबुल्लाहबीच भएको युद्धपछि सत्ता सम्हालेका लेबनानी नेताहरूले पटक–पटक हतियार बोक्न राज्यको एकाधिकार कायम हुनुपर्ने बताएका छन् भने इजरायलले नोभेम्बरमा भएको युद्धविराम सम्झौताको पालना गर्न माग गरेको छ ।

गत सेप्टेम्बरमा इजरायलले हसन नसरल्लाहको हत्या गरेपछि लामो समयदेखि सत्तामा रहेका कासिमले समूहका लडाकुले हतियार नछोड्ने र पहिले इजरायलको ‘आक्रामकता’ रोक्नुपर्नेमा जोड दिनुभयो ।

अमेरिकी राजदूत टम ब्यारेकले सोमबार बेरुतमा सम्बोधन गर्ने अपेक्षा गरिएको बेला उहाँको यस्तो भनाइ आएको हो ।

लेबनानी अधिकारीहरूले इरान समर्थित हिजबुल्लाहलाई यस वर्षको अन्त्यसम्ममा निशस्त्रीकरण गर्न ब्यारेकको अनुरोधको जवाफ दिने छन्, नाम नबताउने शर्तमा लेबनानी अधिकारीहरूले बताए।

लेबनानी अधिकारीहरुले इजरायली सीमा नजिकै दक्षिणमा रहेको हिजबुल्लाहको सैन्य संरचना ध्वस्त पारिरहेको बताएका छन् ।

इजरायलले लेबनानमा नोभेम्बरमा भएको युद्धविरामको बावजुद पनि हिजबुल्लाहको निशानामा प्रहार गर्ने दाबी गर्दै आएको छ र बेरुतले उक्त समूहलाई निःशस्त्रीकरण गर्न पर्याप्त कदम नचालेको आरोप लगाएको छ ।

युद्धविराम सम्झौताअनुसार हिजबुल्लाहले आफ्ना लडाकुलाई इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा लिटानी नदीको उत्तरमा फिर्ता लैजानु पर्नेछ ।

इजरायलले सम्पूर्ण लेबनानबाट आफ्ना सेना फिर्ता बोलाउने तयारी गरेपनि रणनीतिक ठानिएका पाँच स्थानमा आफ्नो सेनालाई तैनाथ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस