२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डानस आँधीका कारण ताइवानमा दुई जनाको मृत्यु, सयौँ घाइते

२३ असार २०८२, सोमबार १५:४१

सोमबार ताइवानको पश्चिमी तटमा आँधी आउँदा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको र करिब चार लाख घरपरिवार बिजुली विहीन भएको अधिकारीहरूले बताएका छन् ।

डानस नाम दिइएको आँधी दक्षिणपश्चिम ताइवानमा २२२ किलोमिटर प्रति घण्टा सम्मको विनाशकारी गतिमा अवतरण गरेको केन्द्रीय मौसम विज्ञान विज्ञागले जनाएको छ ।

चियाई काउन्टीमा आँधीले पहिलो पटक अवतरण गरेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् ।

आँधी रातिको समयमा ताइवानको पश्चिमी तट नजिकै उत्तरतर्फ अघि बढी सोमबार ताइवानबाट बाहिरिको भएपनि भारी वर्षा जारी रहको जनाइएको छ ।

राष्ट्रिय दमकल निकाय (सेवा) का अनुसार आँधीका कारण कम्तीमा ४९१ जना घाइते भएका छन् ।

आँधीका कारण ताइवानमा बिजुली कटौती भएको छ र यसले करिब पाँच लाख घरपरिवारलाई असर गरेको छ ।

डानासले सप्ताहन्तमा दक्षिणी ताइवानमा ५०० मिलिमिटर भन्दा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

आँधीका कारण करिब तीन हजार ५०० मानिसहरूलाई उनीहरूको घरबाट सुरक्षित स्थान तर्फ पठाएको अग्निनियन्त्रक अधिकारहरूले बताएका छन् ।

सोमबार ताइवानका लागि र त्यहाँबाट हुने तय भएका ३३ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका जनाइएको छ ।

ताइवानमा जुलाईदेखि अक्टोबरसम्म बारम्बार उष्णकटिबन्धीय मौसमी प्रभावका कारण आँधीबेहरी आउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस