२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बङ्गलादेशका वकिलले पूर्वप्रधानमन्त्रीविरूद्धको हत्याको मुद्दा खारेज गर्न माग

२०८२, २३ असार सोमबार १७:११

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधमा लगाइएको अभियोग खारेज गर्न सरकारी वकिलले सोमबार माग गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा भएकोृ आन्दोलनका क्रममा हसिनाको सरकारले सत्तामा टिक्ने असफल प्रयासस्वरुप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना शरण लिन भारततर्फ भाग्नुभएको थियो । सरकारले पछि उहाँलाई स्वदेश फर्कन र उहाँमाथि लागेका अभियोगको सामना गर्न दिएको आदेश पालना नगरेपछि उहाँको अनुपस्थितिमा जुन १ मा उहाँविरूद्धको मुद्दाबारे सुनुवाइ सुरु भएको थियो ।

सरकारी वकील मोहम्मद अमिर हुसेनले भन्नुभएको छ, “मैले मलाई सबै आरोपबाट मुक्त हुन माग गरेको छु । किनभने मैले हसिनासँग प्रत्यक्ष रुपमा कुरा गर्न पाएको थिइन । ती मुद्दा झुटा, मनगढन्ते र राजनीतिबाट प्रेरित देखिन्छन् ।”

अभियोजकहरूका अनुसार हसिनाले हिंसाको सम्पूर्ण जिम्मेवारी आफुले लिने तर ती सबै एउटा शासकले देशमा नियम र कानुनको आधारमा गर्नुपर्ने जिम्मेवारी भएको बताउनुभएको थियो ।

अभियोजकहरूले उहाँविरुद्ध पाँच वटा अभियोग दायर गरेका छन् जसमा सामूहिक हत्या रोक्न असफल हुनु पनि समावेश छ, जुन बङ्गलादेशी कानून अन्तर्गत मानवता विरुद्धको अपराध हो ।

हसिनाविरूद्धको मुद्दाको सुनुवाई १० जुलाईका लागि स्थगित भएको छ ।

यसअघि जुलाई २ मा हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा छ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह