२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाद्वारा ३५५ कर लगाइएपछि सम्झौताको खोजी गर्दै प्रमुख गार्मेन्ट उत्पादक बङ्गलादेश

२४ असार २०८२, मंगलवार ११:५८
विश्वको दोस्रो ठूलो कपडा निर्माता बङ्ग्लादेशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनेको ३५ प्रतिशत भन्सार महसुल घटाउने आशा राखेको देशका शीर्ष वाणिज्य अधिकारीले मङ्गलबार बताएका छन् ।
बङ्गलादेशको निर्यातमा कपडा र गार्मेन्ट उत्पादनको हिस्सा करिब ८० प्रतिशत छ र गत वर्ष सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिले गर्दा यो उद्योगले पुनः निर्माण गरिरहेको छ ।
“युएसटिआर (संयुक्त राज्य अमेरिका व्यापार प्रतिनिधिको कार्यालय) ले समीक्षाका लागि अर्को मस्यौदा कागजात पठाएपछि भन्सार शुल्कको दर कम हुने आशा छ”, वाणिज्य सचिव महबुबुर रहमानले भन्नुभयो ।
रहमानले दक्षिण एसियाली यस राष्ट्रको राष्ट्रिय सुरक्षा सल्लाहकार र वाणिज्य सल्लाहकारले संयुक्त राज्य अमेरिकामा ‘यस मुद्दामा काम गरिरहेको’ बताउनुभयो ।
बङ्गलादेश बैंक र राष्ट्रिय राजस्व बोर्डका अनुसार सन् २०२४ मा बङ्गलादेशले अमेरिकामा आठ अर्ब ३६ करोड डलर मूल्यका सामान निर्यात गरेको थियो भने त्यहाँबाट दुई अर्ब २१ करोड डलरको आयात भएको थियो ।
बङ्गलादेशबाट उत्पादनहरू प्राप्त गर्ने अमेरिकी कपडा कम्पनीहरू फ्रुट अफ द लुमदेखि लेवी स्ट्रसदेखि भिएफ कर्पसम्म छन् । यिनीहरूका ब्रान्डहरूमा भ्यान, टिम्बरल्यान्ड र द नर्थ फेस समावेश छन् ।
ट्रम्पले अप्रिल २ मा गरेको घोषणामा बङ्गलादेशलाई ३७ प्रतिशत कर लगाउनुभएको थियो, तर मङ्गलबार जारी गरिएको पत्रमा उहाँले अब यो ३५ प्रतिशत हुने बताउनुभयो ।
यो कपास उत्पादनहरूमा पहिले नै राखिएको १६ प्रतिशतभन्दा दोब्बरभन्दा बढी हो ।
व्यापार घाटा कम गर्न ढाकाले बोइङ विमानहरू खरिद गर्न र अमेरिकी गहुँ, कपास र तेलको आयात बढाउन प्रस्ताव गरेको छ । व्यापार घाटालाई ट्रम्पले पीडादायी कर लगाउनका लागि औचित्यका रूपमा प्रयोग गर्नुभएको छ ।
बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एन्ड एक्सपोर्टर्स एसोसिएसन (बिजिएमइए) का अध्यक्ष महमुद हसन खानले यसलाई ‘गार्मेन्ट क्षेत्रका लागि ठूलो चुनौती’ भन्नुभएको छ ।
“हामीमाथि लगाइएको कर १० देखि २० प्रतिशतको बीचमा हुने हामीले अपेक्षा गरेका थियौँ”, उहाँले भन्नुभयो । उहाँले ढाकाका अन्तरिम नेता मुहम्मद युनुसले ‘संयुक्त राज्य अमेरिकासँग मुद्दा उठाउनुहुने’ अपेक्षा गर्नुभयो ।
बिजिएमइएका पूर्व निर्देशक मोहिउद्दिन रुबेलले भन्सार शुल्कको अवस्था भयावह हुने चेतावनी दिनुभयो ।
“नयाँ भन्सार शुल्कले बङ्गलादेशमा रोजगारी गुमाउने चिन्ता बढाएको छ किनभने अमेरिका यसको मुख्य निर्यात बजार हो”, उहाँले भन्नुभयो, “बङ्गलादेशले नीतिगत परिवर्तनका लागि दबाब दिन, उच्च–स्तरीय व्यापार वार्ता पुनः सुरु गर्न र आफ्ना उत्पादनहरूको महत्त्वलाई उजागर गर्न अमेरिकी आयातकर्ताहरूलाई संलग्न गरेर छिटो कार्य गर्न आवश्यक छ ।”
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस