२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मङ्गोलिया–जापानबीचको ‘गहिरो मित्रता’ को जापानी सम्राटद्वारा प्रशंसा

२५ असार २०८२, बुधबार १५:३७

काठमाडौँ । जापानका सम्राटको पहिलो राजकीय मङ्गोलिया भ्रमणका क्रममा राज दम्पतीले दोस्रो विश्वयुद्धको अन्त्यपछि नजरबन्द शिविरको अवलोकन गर्दै त्यहाँ मारिएका जापानी नागरिकको सम्झना गरेका छन् ।

जापान र मङ्गोलिया हालैका वर्षहरूमा नजिक भएका छन् । टोकियोको सहयोगले विशाल भूगोल र कम जनसङ्ख्या भएको देशको आर्थिक विकासलाई गति दिन मद्दत पुर्याएको छ ।

जापानका सम्राट नारुहितो र उहाँकी पत्नी साम्राज्ञी मासाको युद्ध अन्त्य भएको ८० औँ वर्षगाँठको उपलक्ष्यमा आठ दिने राजकीय भ्रमणमा मङ्गोलिया भ्रमणमा रहनुभएको छ ।

जापानले दोस्रो विश्वयुद्धको समयमा महाद्वीपीय एसियामा आफ्नो विस्तारको क्रममा मङ्गोलियामाथि आक्रमण गरेको थिएन तर मस्कोले द्वन्द्वको अन्त्यपछि हजारौँ जापानी युद्धबन्दीहरूलाई मङ्गोलियामा स्थानान्तरण गरेको थियो, जहाँ पूर्वाधार परियोजनाहरूमा काम गर्ने क्रममा लगभग एक हजार ७०० नागरिकको मृत्यु भएको विश्वास गरिन्छ ।

मङ्गोलियाको राजधानी उलानबातर नजिकैको दम्बादर्जामा टोकियोको आर्थिक सहयोगमा युद्धकैदीको चिहानमा निर्मित स्मारकमा मङ्गलबार दम्पतीले पुष्पगुच्छा अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए ।

मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले आयोजना गरेको रात्रिभोजमा नारुहितोले दुई देशबीचको गहिरो मित्रता र सहयोगको प्रशंसा गर्नुभएको थियो ।

“मलाई आशा छ, अहिलेको युवा पुस्ता उनीहरूका पूर्ववर्तीहरूको मार्गको उत्तराधिकारी हुनेछन् र यस विशाल भूमिमा रोपिएका सहयोगका धेरै बीउहरू फुल्न दिनेछन्,” सम्राट नारुहितोले भन्नुभयो ।

उहाँले मङ्गोलियाली राज्य मोरिन खुर सिम्फनी आर्केस्ट्रासँग मिलेर आफ्नो भायोलामा दुई गीतहरू प्रदर्शन गर्नुभएको छ ।

मङ्गोलियाको सबैभन्दा ठूलो वार्षिक उत्सव नादमको उद्घाटन समारोहमा राज दम्पती शुक्रबार सहभागी हुने कार्यक्रम रहेको छ ।

मङ्गलबार पनि उनीहरू उलानबाटारमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए र मङ्गोलियाली सम्मानको समीक्षा गर्नुभएको थियो ।

नारुहितोले गत साता पत्रकारहरूसँग कुरा गर्दै यो भ्रमणले विशेष गरी युवा पुस्ताबीच दुई देशबीचको आदानप्रदानलाई थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

शाही दम्पतीले यस वर्ष युद्धमा मारिएकाहरूको सम्झनामा हिरोशिमा, ओकिनावा र इवो जिमालगायत थुप्रै आन्तरिक भ्रमण गरेका छन् ।

गत महिना बेइजिङले जापानी आक्रमण र विश्व फासीवाद विरोधी युद्धको ८० औं वर्षगाँठको उपलक्ष्यमा सेप्टेम्बरमा भव्य सैन्य परेड आयोजना गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला