२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुबियो र वाङबीच आसियान वार्ताको साइडलाइनमा भेट हुने

२७ असार २०८२, शुक्रबार १३:१२
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार मलेसियामा आसियान वार्ताको छेउमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्नुहुनेछ । भेटवार्तामा वासिङ्टनका भन्सार शुल्कहरू तीव्र केन्द्रविन्दुमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यालयमा फर्किएपछि रुबियो र वाङको पहिलो आमनेसामने भेट वासिङ्टन र बेइजिङ व्यापार र फेन्टानिलदेखि प्रविधिसम्म सबै कुरामा विवादमा फसेको छ ।
लामो समयदेखि चीन विरोधी रुबियो र वाङ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेश मन्त्रीहरूको भेलाका लागि क्वालालम्पुरमा हुनुहुन्छ । भेलामा जापान, दक्षिण कोरिया र अस्ट्रेलिया पनि सहभागी छन् ।
अमेरिकी अधिकारीहरूले विदेशमन्त्रीका रूपमा रुबियोको यस क्षेत्रको पहिलो भ्रमणअघि वासिङ्टनले पूर्वी र दक्षिणपूर्वी एसियाप्रति आफ्नो प्रतिबद्धतालाई ‘प्राथमिकता’ दिएको बताएका थिए ।
रुबियोले बिहीबार संयुक्त राज्य अमेरिकाको एशिया–प्रशान्त क्षेत्रलाई ‘त्याग्ने कुनै मनसाय’ छैन भन्नुभयो ।
तर अमेरिकी भन्सार शुल्कले सम्मेलनलाई ओझेलमा पारेको छ र रुबियोले एसियाली व्यापार साझेदारहरूलाई शान्त पार्न खोज्नुभएको छ । उहाँले वार्ता जारी रहेको र बाँकी विश्वको तुलनामा ‘राम्रो’ दर हुनसक्ने बताउनुभएको छ ।
अगस्ट १ सम्म वासिङ्टनसँग सम्झौता नगरे ट्रम्पले अधिकांश एसियका गरी २० भन्दा बढी देशविरुद्ध २० देखि ५० प्रतिशतसम्म दण्डात्मक भन्सार शुल्क लगाउने धम्की दिनुभएको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले यस हप्ता ट्यारिफलाई ‘भू–राजनीतिक प्रतिस्पर्धाको तीखो उपकरण’ का रूपमा प्रयोग भइरहेको बताउनुभएको थियो ।
वाङले बिहीबार ‘निष्पक्ष र अधिक उचित’ अन्तर्राष्ट्रिय व्यवस्थाको आह्वान गर्नुभयो ।
“उही समयमा, हामी कुनै ठूलो देशको एकपक्षीय संरक्षणवाद र भन्सार शुल्कको दुरुपयोगको प्रभाव जस्ता चुनौतीहरूको सामना पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि वासिङ्टन र बेइजिङबीच तनाव बढेको छ र दुवै देश भन्सार शुल्क युद्धमा संलग्न छन् । यसले एक अर्काको निर्यातमा केही समयका लागि भन्सार शुल्क उचाइमा पुगेको छ ।
दुवै पक्ष ‘टिट–फर–ट्याट’ संलग्न हुँदा एक विन्दुमा संयुक्त राज्य अमेरिकाले चीनमाथि यसको सामानहरूमा एक सय ४५ प्रतिशतको अतिरिक्त कर लगाएको थियो । अमेरिकी सामानमा चीनको प्रतिरोधात्मक कदम एक सय २५ प्रतिशत पुगेको थियो ।
बेइजिङ र वासिङ्टनले मे महिनामा आफ्नो आश्चर्यजनक रूपमा उच्च शुल्कहरू अस्थायी रूपमा कटौती गर्न सहमत भएका थिए । यसको परिणामलाई ट्रम्पले ‘टोटल रिसेट’ भन्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा