२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

२७ असार २०८२, शुक्रबार १७:४१

सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई तेहरानले ज्यान मार्ने धम्की दिएको नोबेल समितिले शुक्रबार जनाएको छ ।

बितेको एक दशकको अधिकांश समय जेलमा बिताएकी मोहम्मदीलाई गत डिसेम्बरमा तेहरानको इभिन जेलबाट मेडिकल बिदामा सीमित समयका लागि रिहा गरिएको थियो।

नर्वेको नोबेल कमिटीका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले एक विज्ञप्ति जारी गर्दै ५३ वर्षीया मोहम्मदीको ‘जरूरी फोन’ आएको बताएका छन् ।

उहाँले भन्नुभयो, “मोहम्मदीको आफ्नै शब्दमा भन्ने स्पष्ट सन्देश के हो भने मलाई प्रशासनका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ‘ज्यान लिर्ने’ धम्की दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मोहम्मदीलाई दिइएको धम्कीले स्पष्ट पार्छ कि जबसम्म उहाँले इरानभित्र सबै सार्वजनिक संलग्नता र लोकतन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा कुनै पनि अन्तर्राष्ट्रिय वकालत वा मिडिया उपस्थितिलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्न उहाँको सुरक्षा खतरामा छ ।”

समितिले मोहम्मदी र ‘आलोचनात्मक आवाजसहित सबै इरानी नागरिकमाथिको खतराप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र अधिकारीहरूलाई उनीहरूको जीवनमात्र होइन, उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको पनि रक्षा गर्न आह्वान गरेको छ।

इरानमा मृत्युदण्डको व्यापक प्रयोग गरिएको र महिलाका लागि देशको अनिवार्य ड्रेस कोडविरुद्ध मुखर अभियान चलाएको भन्दै मोहम्मदीमाथि पटक–पटक मुद्दा चलाइएको छ ।

उहाँलाई मुख्यतया इरानमा महिला उत्पीडनविरुद्धको सङ्घर्षमा महत्वपूर्ण योगदानका लागि दुई बर्ष पहिले नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यतिबेला उहाँ जेलमा रहेकाले उहाँका छोराछोरीले उहाँको तर्फबाट पुरस्कार बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला