२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि,१ सय २५ छात्रालाई कपडा खोल्न लगाइयो

२७ असार २०८२, शुक्रबार १८:२८

काठमाडौँ । भारतको महाराष्ट्रस्थित ठाणेको एक निजी विद्यालयमा छात्राहरूमाथि अमानवीय व्यवहार गरिएको घटनाले सार्वजनिक आक्रोश निम्त्याएको छ । घटनापछि विद्यालयकी प्रधानाध्यापक र एक महिला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना ८ जुलाईका दिन भएको हो । विद्यालयमा करिब ६ सय छात्रा अध्ययनरत छन् । प्रहरीका अनुसार सो दिन बिहान १० बजेदेखि १२ बजेसम्मको अवधिमा कक्षा नर्सरीदेखि १० सम्मका झण्डै १ सय २५ छात्रालाई विद्यालयको हलमा बोलाएर महिनावारी भएको छ वा छैन भन्ने आधारमा कपडा खोल्न लगाइएको आरोप छ ।

विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि कसले गरेको हो भनेर पत्ता लगाउन छात्राहरूलाई अपमानित गरिएको हो । प्रहरीका अनुसार छात्राहरूलाई बाथरूममा लगेर कपडा खोल्न लगाइएको अभिभावकहरूले गुनासो गरेका छन् ।

पीडित छात्रामध्ये एककी आमाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । अभिभावकहरूको दबाबपछि प्रहरीले बाल यौन दुराचारसम्बन्धी मुद्दा दर्ता गरी प्रधानाध्यापक र एक महिला कर्मचारीलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध महिलाको मर्यादा हानि र कुटपिटसम्बन्धी धारामा पनि मुद्दा चलाइएको छ ।

घटना सार्वजनिक भएपछि बुधबार विद्यालयमा करिब ३०–४० जना अभिभावक भेला भई प्रदर्शन गरेका थिए । एक पीडित बालिकाकी आमाले भनिन्, ‘मेरी छोरीलाई महिनावारी भएको थिएन । उनलाई डाँटिएको थियो र सोधिएको थियो कि उनले सेनिटरी प्याड किन लगाइनन् ?’

कसैले गल्ती गरेको भए पनि सम्पूर्ण छात्राको गोप्य अंग परीक्षण गर्नु पूर्ण रूपमा अनुचित, गैरकानुनी र अमानवीय भएको अभिभावकहरूको भनाइ छ । घटनापछि अहिले विद्यालय बन्द गरिएको छ । विद्यालय प्रशासनले यसबारे कुनै विस्तृत जानकारी दिन नमानेको समाचारमा जनाइएको छ । विद्यालयकी प्रधानाध्यापकले एक भिडियोमा आफूले यस्तो कुनै आदेश नदिएको दाबी गरेकी छन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने