२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ट्रम्पले पुटिनलाई ‘अब मुर्ख बनाउन सक्दैन’ भन्दै कडा सन्देश

३१ असार २०८२, मंगलवार १२:१०

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गराउन रुसमाथि कठोर आर्थिक दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्। उनले यदि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ५० दिनभित्र युक्रेनसँग शान्ति सम्झौता नगरेमा रुसी सामानमा १०० प्रतिशत कर लगाउने धम्की दिएका हुन्। ट्रम्पले यसलाई ‘दोस्रो कर’को संज्ञा दिँदै यसले रुसबाट तेल खरिद गर्ने भारत र चीनजस्ता देशहरूलाई समेत प्रभावित पार्ने संकेत गरे।

 

‘म धेरै कुराका लागि व्यापार प्रयोग गर्छु, तर यो युद्ध अन्त्य गर्नका लागि यो सबैभन्दा उत्तम हतियार हुनेछ’, उनले भने।

युरोपमार्फत युक्रेनलाई हतियार

ह्वाइट हाउसको ओभल अफिसमा नेटो महासचिव मार्क रुटसँगको भेटवार्तापछि ट्रम्पले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरे। उनले युक्रेनलाई रुसी आक्रमणबाट बच्नका लागि हतियार अत्यावश्यक रहेको बताए।

ट्रम्पको योजना अनुसार, युरोपेली देशहरूले अमेरिकाबाट हतियार खरिद गरी युक्रेनलाई हस्तान्तरण गर्नेछन्। यसरी उपलब्ध गराइने हतियारमा प्याट्रियट मिसाइल प्रणाली, छोटो दूरीको मिसाइल, हावित्जर शेल र मध्यम दूरीको हावाबाट हावामा प्रहार गर्ने मिसाइलहरू समावेश हुन सक्नेछन्। ‘पुटिनले मलाई मुर्ख बनाउन सक्दैनन्’ पत्रकार सम्मेलनमा ट्रम्पले पुटिनप्रति आफ्नो निराशा बारम्बार व्यक्त गरे।

‘मेरो पुटिनसँग सधैँ राम्रो कुराकानी हुन्छ,’ उनले भने, ‘म घर गएर प्रथम महिलालाई भन्छु, आज पुटिनसँग राम्रो कुराकानी भयो। अनि उनी भन्छिन्, ए हो र? उता अर्को युक्रेनी शहरमा भर्खरै आक्रमण भएछ।’

‘पुटिनले क्लिन्टन, बुश, ओबामा र बाइडेनलाई मुर्ख बनाए, तर मलाई बनाउन सक्दैनन्,’ ट्रम्पले अगाडि भने, ‘अब कारबाहीको समय हो। सम्झौता के हो भन्ने पुटिनलाई राम्ररी थाहा छ।’

नेटोको समर्थन र अमेरिकी रणनीति

नेटो महासचिव मार्क रुटले ट्रम्पसँगको भेटपछि यो हतियार सम्झौतालाई ‘गेम चेन्जर’ को संज्ञा दिए। उनले जर्मनी, फिनल्याण्ड, डेनमार्क, स्वीडेन र नर्वे जस्ता देशहरू हतियार आपूर्तिमा सामेल हुने सम्भावना व्यक्त गरे। ट्रम्पले युरोपको प्रशंसा गर्दै भने, ‘मलाई लाग्छ युरोप यति उत्साहित कहिल्यै थिएन, उनीहरूको ऊर्जा अद्भुत छ। उनीहरू यो युद्ध रोक्न चाहन्छन्।’ अर्कोतर्फ, अमेरिकी अधिकारीहरूले ट्रम्पको यो कदमलाई उनको चुनावी वाचासँग जोडेर हेरेका छन्।

युक्रेनलाई सिधै हतियार दिनुको सट्टा युरोपेली देशहरूमार्फत दिलाएर उनी युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता कम गर्ने आफ्नो वाचाबाट पछि हटेको सन्देश दिनबाट बच्न खोजिरहेका छन्।

रुस र युक्रेनबीच विगत दुई वर्षभन्दा बढी समयदेखि युद्ध जारी छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै सुरु भएको द्वन्द्व अझै रोकिएको छैन।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला