२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानिको मुद्दाको बचाउ गर्दै अदालतमा

२०८२, १ श्रावण बुधबार १३:४७

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपविरुद्ध आफ्नो बचाउ गर्दै बुधबार अदालतमा बयान दिनुभएको छ ।

थाक्सिनलाई बैङ्ककको बन्द कोठामा भएको सुनुवाइमा दोषी ठहर गरिएमा १५ वर्षको जेल सजाय हुन सक्छ । उहाँलाई ‘लेस मेजेस्टे’ कानूनको उल्लङ्घन गरेको आरोप लगाइएको छ। ‘लेस मेजेस्टे’लाई कानून थाइल्याण्डको शाही परिवारलाई दुव्र्यवहार र आलोचनाबाट जोगाउने कडा कानूनको रूपमा हेरिन्छ ।

बितेको २५ बर्षदेखि ७५ वर्षीय प्रभावशाली टेलिकम उद्योगपति थाक्सिन सिनावात्रा थाई राजनीतिको एक परिभाषित व्यक्तित्व हुनुभएको छ जसले परम्परागत शाही समर्थक सैन्य अभिजात वर्गसँग मिलेर काम गर्र्दै थाइल्याण्डमा एक राजनीतिक वंशको स्थापना गर्न सफल हुनुभएको छ ।

सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई यसै महिना प्रधानमन्त्रीबाट निलम्बन गर्नुले उनीहरूको परिवारको राजनीतिक भाग्यमा नाटकीय ह्रास आएको विश्लेषकहरूले बताएका छन् ।

थाक्सिनले एक दशकअघि दक्षिण कोरियाली सञ्चारमाध्यमलाई दिएको टिप्पणीमा अभियोजन पक्षको मुद्दा घुमेको छ । केही हप्ताभित्र फैसला आउने अपेक्षा गरिएको छैन ।

थाक्सिनका वकिल विन्यात चटमोन्त्रीले एएफपीसँग कुरा गर्दै आफूले बिहान बयान दिएको र अझै थप बयान पनि जारी रहने बताउनुभयो ।

थाक्सिनका करिब ५० जना समर्थकले उहाँको राजनीतिक आन्दोलनको रातो रङको सर्ट लगाएका थिए र त्यसमा उहाँको अनुहारको चित्र अङ्कित थियो ।

थाक्सिनका शुभचिन्तक ७९ वर्षीय रिटायर्ड एकाउन्टेन्ट भेउ विलाइलाकले एएफपीसँग भन्नुभयो, “उहाँ निकै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ । तर विगतको अनुभवबाट, खराब मानिसहरू केवल उहाँबाट छुटकारा पाउन चाहन्छन् ।”

थाक्सिन सन् २०२३ को अगष्टमा १५ वर्ष निर्वासन जीवन बिताएर थाइल्याण्ड फर्किनुभएको थियो ।

आफ्नो परिवारको फेउ थाई पार्टीले आफ्ना रूढिवादी पूर्व शत्रुहरूद्वारा समर्थित गठबन्धन सरकारको प्रमुखको रूपमा पदभार ग्रहण गरेकै दिन उहाँ स्वदेश फर्किनुभएको थियो । नयाँ सरकार गठनसँगै उहाँ स्वदेश फर्किनुलाई गोप्य सम्झौतापछिको परिस्थितिकारूपमा व्यख्या गरिएको थियो ।

थाक्सिनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा तत्काल आठ वर्षको जेल सजाय सुनाइएको थियो र पछि राजा महा वजिरालोङकोर्नले माफी दिएपछि एक वर्षको जेल सजाय सुनाइएको थियो।

राजनीतिक विश्लेषक युट्टापोर्न इसाराचाईले एएफपीसँग भन्नुभयो, “थाई संस्थापन समूहभित्र जहिले पनि कोही न कोहीले उहाँलाई थाई समाजका लागि खतराको रूपमा हेर्छन् ।”

हालैका अन्तर्वार्ताहरूमा थाक्सिनले राजसंस्थाप्रति आफ्नो वफादारी पुष्टि गर्दै राजाले आफूलाई दिएको क्षमाका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

जुलाई १ मा अदालत बाहिर एएफपीसँग कुरा गर्दै थाक्सिनका वकिल विन्यातले मुद्दाको गम्भीरताका बावजुद उहाँ शान्त देखिएको बताउनुभयो ।

सोही दिन थाक्सिनकी छोरी पेटोङ्टार्नलाई संवैधानिक अदालतले थाइल्यान्ड र छिमेकी कम्बोडियाबीचको सीमा विवादबारे छलफल गर्ने कूटनीतिक फोन कलको क्रममा उहाँको आचरणको नैतिक जाँच नभएसम्मका लागि निलम्बित गरेको थियो।

उक्त फोनवार्तामा पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई ‘अङ्कल’ को संज्ञा दिँदै एक थाई सैन्य कमाण्डरलाई ‘प्रतिद्वन्द्वी’ को संज्ञा दिनुभएको थियो ।

फेउ थाईको प्रमुख कन्जरभेटिभ समर्थकहरूले यस आग्रहप्रति विरोध जनाउँदै गठबन्धन परित्याग गरेका छन्, जसले गर्दा सरकारलाई कामचलाउ नेतृत्वमा रहेको संसदीय बहुमत प्राप्त प्रधानमन्त्रीको साथ छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह