२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन शाही मानहानिको मुद्दाको बचाउ गर्दै अदालतमा

१ श्रावण २०८२, बुधबार १३:४७

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपविरुद्ध आफ्नो बचाउ गर्दै बुधबार अदालतमा बयान दिनुभएको छ ।

थाक्सिनलाई बैङ्ककको बन्द कोठामा भएको सुनुवाइमा दोषी ठहर गरिएमा १५ वर्षको जेल सजाय हुन सक्छ । उहाँलाई ‘लेस मेजेस्टे’ कानूनको उल्लङ्घन गरेको आरोप लगाइएको छ। ‘लेस मेजेस्टे’लाई कानून थाइल्याण्डको शाही परिवारलाई दुव्र्यवहार र आलोचनाबाट जोगाउने कडा कानूनको रूपमा हेरिन्छ ।

बितेको २५ बर्षदेखि ७५ वर्षीय प्रभावशाली टेलिकम उद्योगपति थाक्सिन सिनावात्रा थाई राजनीतिको एक परिभाषित व्यक्तित्व हुनुभएको छ जसले परम्परागत शाही समर्थक सैन्य अभिजात वर्गसँग मिलेर काम गर्र्दै थाइल्याण्डमा एक राजनीतिक वंशको स्थापना गर्न सफल हुनुभएको छ ।

सिनावात्राकी छोरी पेटोङ्टार्न सिनावात्रालाई यसै महिना प्रधानमन्त्रीबाट निलम्बन गर्नुले उनीहरूको परिवारको राजनीतिक भाग्यमा नाटकीय ह्रास आएको विश्लेषकहरूले बताएका छन् ।

थाक्सिनले एक दशकअघि दक्षिण कोरियाली सञ्चारमाध्यमलाई दिएको टिप्पणीमा अभियोजन पक्षको मुद्दा घुमेको छ । केही हप्ताभित्र फैसला आउने अपेक्षा गरिएको छैन ।

थाक्सिनका वकिल विन्यात चटमोन्त्रीले एएफपीसँग कुरा गर्दै आफूले बिहान बयान दिएको र अझै थप बयान पनि जारी रहने बताउनुभयो ।

थाक्सिनका करिब ५० जना समर्थकले उहाँको राजनीतिक आन्दोलनको रातो रङको सर्ट लगाएका थिए र त्यसमा उहाँको अनुहारको चित्र अङ्कित थियो ।

थाक्सिनका शुभचिन्तक ७९ वर्षीय रिटायर्ड एकाउन्टेन्ट भेउ विलाइलाकले एएफपीसँग भन्नुभयो, “उहाँ निकै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ । तर विगतको अनुभवबाट, खराब मानिसहरू केवल उहाँबाट छुटकारा पाउन चाहन्छन् ।”

थाक्सिन सन् २०२३ को अगष्टमा १५ वर्ष निर्वासन जीवन बिताएर थाइल्याण्ड फर्किनुभएको थियो ।

आफ्नो परिवारको फेउ थाई पार्टीले आफ्ना रूढिवादी पूर्व शत्रुहरूद्वारा समर्थित गठबन्धन सरकारको प्रमुखको रूपमा पदभार ग्रहण गरेकै दिन उहाँ स्वदेश फर्किनुभएको थियो । नयाँ सरकार गठनसँगै उहाँ स्वदेश फर्किनुलाई गोप्य सम्झौतापछिको परिस्थितिकारूपमा व्यख्या गरिएको थियो ।

थाक्सिनलाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा तत्काल आठ वर्षको जेल सजाय सुनाइएको थियो र पछि राजा महा वजिरालोङकोर्नले माफी दिएपछि एक वर्षको जेल सजाय सुनाइएको थियो।

राजनीतिक विश्लेषक युट्टापोर्न इसाराचाईले एएफपीसँग भन्नुभयो, “थाई संस्थापन समूहभित्र जहिले पनि कोही न कोहीले उहाँलाई थाई समाजका लागि खतराको रूपमा हेर्छन् ।”

हालैका अन्तर्वार्ताहरूमा थाक्सिनले राजसंस्थाप्रति आफ्नो वफादारी पुष्टि गर्दै राजाले आफूलाई दिएको क्षमाका लागि कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

जुलाई १ मा अदालत बाहिर एएफपीसँग कुरा गर्दै थाक्सिनका वकिल विन्यातले मुद्दाको गम्भीरताका बावजुद उहाँ शान्त देखिएको बताउनुभयो ।

सोही दिन थाक्सिनकी छोरी पेटोङ्टार्नलाई संवैधानिक अदालतले थाइल्यान्ड र छिमेकी कम्बोडियाबीचको सीमा विवादबारे छलफल गर्ने कूटनीतिक फोन कलको क्रममा उहाँको आचरणको नैतिक जाँच नभएसम्मका लागि निलम्बित गरेको थियो।

उक्त फोनवार्तामा पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई ‘अङ्कल’ को संज्ञा दिँदै एक थाई सैन्य कमाण्डरलाई ‘प्रतिद्वन्द्वी’ को संज्ञा दिनुभएको थियो ।

फेउ थाईको प्रमुख कन्जरभेटिभ समर्थकहरूले यस आग्रहप्रति विरोध जनाउँदै गठबन्धन परित्याग गरेका छन्, जसले गर्दा सरकारलाई कामचलाउ नेतृत्वमा रहेको संसदीय बहुमत प्राप्त प्रधानमन्त्रीको साथ छोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने