१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको हल्ला

१ श्रावण २०८२, बुधबार १४:४९

पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ । बुधबार बिहान सरदार पटेल विद्यालय प्रहरीको सल्लाह अनुसार बन्द रहनेछ ।

अधिकारीहरूका अनुसार द्वारकाको सेन्ट थोमस स्कुल, वसन्त कुन्जको वसन्त भ्याली स्कुल, हौज खासको द मदर इन्टरनेसनल स्कुल, पश्चिम विहारको रिचमन्ड ग्लोबल स्कुल र लोधीको सरदार पटेल स्कुलमा विष्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

चेतावनी पछि दिल्ली प्रहरी र विस्फोटक पदार्थ निस्क्रिय पार्ने कर्मचारीलाई विद्यालय परिसरमा तैनाथ गरिएको जनाइएको छ ।

विस्फोटक पदार्थ निस्क्रिय पार्ने समूहले परिसरको पूर्ण सरसफाइ गरिरहेको छ । सुचनाको बारेमा सरदार पटेल विद्यालयले विद्यार्थीहरूका अभिभावकहरूलाई सम्बोधन गरेको इमेलमा अवस्थाको बारेका थप सुचना जारी गर्ने जनाइएको छ ।

राजधानीका प्रमुख विद्यालयहरूलाई बमको चेतावनी पाएपछि दिल्ली प्रहरी र अग्नि नियन्त्रक कर्मचारीहरूलाई तुरुन्तै घटनास्थलमा तैनाथ गरेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार इमेलमार्फत बमको चेतावनी आएपछि सेन्ट थोमस स्कुल र वसन्त भ्याली स्कुल परिसरमा फायर टेन्डर र प्रहरी पठाइएको थियो ।

अग्नि नियन्त्रक विभागले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

यस अघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । प्राप्त इमेलमा पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।

दिल्ली प्रहरीका अनुसार उक्त स्थान खाली गरी विस्फोटक पदार्थ निस्क्रिय पार्ने स्रषा अधिकारी, तालिमप्राप्त कुकुर, दिल्ली अग्नि नियन्त्रण टोली, र विशेष कर्मचारीको टोली घटनास्थलमा तैनाथ गरी पूर्ण रूपमा जाँच भइरहेको छ ।

दिल्ली प्रहरीले अन्य शैक्षिक संस्थाबाट भने उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि इमेलमार्फत् बमको चेतावनी आएको थियो । यद्यपि अपरेसनमा कुनै विस्फोटक पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ ।

चाणक्यपुरी स्कुललाई पठाइएको इमेलमा तमिलनाडु सरकार विरोधी सन्देश रहेको थियो । प्रहरीले सबै चेतावनीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल