२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेलायतद्वारा पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने निर्णय

१ श्रावण २०८२, बुधबार १६:३९

बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको जनाएको छ ।

सन् २०२० को जुन महिनामा कराँचीको सडकमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा विमान खस्दा करिब १०० जनाको मृत्यु भएपछि पाकिस्तानी वायुसेवामाथि बेलायतले प्रतिबन्ध लगाएको थियो ।

चालक र एयर ट्राफिक कन्ट्रोलले गरेको मानवीय त्रुटिका कारण यो दुर्घटना भएको र त्यसपछि चालकका लागि लगभग एक तिहाइ लाइसेन्स नक्कली वा शङ्कास्पद भएको आरोप लागेको थियो ।

इस्लामाबादस्थित बेलायती उच्चायोगका अनुसार बेलायतको हवाई सुरक्षा समितिले पाकिस्तानमा हवाई सुरक्षामा सुधार भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

“यो स्वतन्त्र र प्राविधिक रूपमा संचालित प्रक्रियाको आधारमा यसले पाकिस्तान र यसका हवाई वाहकहरूलाई ‘बेलायतको हवाई सुरक्षा सूची’बाट हटाउने निर्णय गरेको छ,” एक विज्ञप्तिमा भनिएको छ ।

युरोपेली नियामकहरूले पिआईएमाथिको चार वर्षको प्रतिबन्ध हटाएपछि पाकिस्तानको सरकारी स्वामित्वको विमान कम्पनीले जनवरीदेखि युरोपमा उडान पुनः सुरु गरेपछि यो कदम चालिएको हो।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले प्रतिबन्ध फुकुवा हुनुलाई ‘देशको लागि महत्वपूर्ण कोसेढुङ्गा’ भन्नुभएको छ ।

“बेलायतले पाकिस्तानी उडानमा लगाएको प्रतिबन्ध हटाउनु बेलायतमा रहेका पाकिस्तानीहरूका लागि राहतको स्रोत हो,” उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ ।

पिआईएले इस्लामाबादबाट म्यानचेस्टरका लागि पहिलो उडानसँगै ‘सकेसम्म छोटो समयमा’ बेलायतका लागि सेवा पुनः सुरु गर्ने जनाएको छ ।
उड्डयन मन्त्री ख्वाजा आसिफले प्रतिबन्धका कारण पिआईए घाटा भएको स्वीकार्नुभएको छ ।

इस्लामावादमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “पाकिस्तानी एयरलाइन्समा फेरि एकपटक विश्वास बहाल भइरहेको छ ।

करिब सात हजार जनालाई रोजगारी दिने पिआईएमाथि लामो समयदेखि बिल नतिरेको, कमजोर सुरक्षा रेकर्ड र नियामकीय समस्या रहेको र सेवा सञ्चालन रेकर्ड राम्रो नदेखिएको आरोप लाग्दै आएको छ ।

पाकिस्तान सरकारले ऋणमा डुबेको एयरलाइनलाई निजीकरण गर्न प्रतिबद्ध रहेको बताएको छ र क्रेता खोज्न कोसिस गरिरहेको छ ।

सन् २०२४ मा एक सम्भावित क्रेताले माग मूल्यको एक अंश मात्र दिने प्रस्ताव गरेपछि एउटा सम्भावित सम्झौता असफल भएको थियो ।
पिआईए सन् १९५५ मा अस्तित्वमा आएको थियो भने सन् १९९० को दशकसम्म तीव्र नाफामा थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक