२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

३ श्रावण २०८२, शुक्रबार १३:४१
काठमाडौँ | संयुक्त राज्य अमेरिकाले बिहीबार काश्मीरमा अप्रिलमा भएको आक्रमणका लागि दोषी ठहराइएको एक रहस्यमय समूहलाई आतङ्कवादी घोषणा गरेको छ । ती आतङ्कवादीहरूले गरेको आक्रमणले दशकौँमा भारत र पाकिस्तानबीच सबैभन्दा खराब द्वन्द्वलाई जन्म दिएको थियो ।
विदेशमन्त्री मार्को रुबियोले द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ) लाई पाकिस्तानमा आधारित संयुक्त राष्ट्रसङ्घद्वारा नामित आतङ्कवादी समूह लश्कर–ए–तैयबा (एलइटी) को ‘फ्रन्ट र प्रोक्सी’ का रूपमा वर्णन गर्नुभएको छ ।
“आतङ्कवादी नामकरणले हाम्रो राष्ट्रिय सुरक्षा हितहरूको रक्षा गर्न, आतङ्कवाद विरुद्ध लड्न र पहलगाम आक्रमणको न्यायका लागि राष्ट्रपति (डोनाल्ड) ट्रम्पको आह्वानलाई कार्यान्वयन गर्न ट्रम्प प्रशासनको प्रतिबद्धता प्रदर्शन गर्छ”, रुबियोले विज्ञप्तिमा भन्नुभयो ।
विभाजित काश्मीरको भारत प्रशासित क्षेत्रको पर्यटकीय केन्द्र पहलगाममा अप्रिलमा बन्दुकधारीहरूले लगभग सबै हिन्दूसहित २६ जनाको गोली हानी हत्या गरेका थिए ।
बाँचेका व्यक्तिहरूले पत्रकारहरूलाई बन्दुकधारीहरूले महिला र बच्चाहरूलाई अलग गरेको र केही पुरुषलाई मुस्लिम आस्थाको घोषणा गर्न आदेश दिएको बताए ।
भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशङ्करले शुक्रबार वासिङ्टनको कार्य ‘भारत–अमेरिका आतङ्कवाद विरोधी सहयोगको बलियो पुष्टि’ भएको बताउनुभएको छ ।
पहलगाम आक्रमणको सुरुमा जिम्मेवारी लिएको टिआरएफको बारेमा पहिले थोरै मात्र थाहा थियो । तर हत्यालाई लिएर सार्वजनिक आलोचना बढ्दै जाँदा समूहले आफ्नो दाबी फिर्ता लिएको थियो ।
भारतले टिआरएफलाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ र भारतस्थित अब्जर्भर रिसर्च फाउन्डेसन थिङ्क ट्याङ्कले यसलाई ‘स्मोकस्क्रिन र एलइटीको अफसुट’ भनेको छ ।
नयाँदिल्लीले पाकिस्तानमाथि आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ ।
पहलगाम हिंसाले दुई छिमेकीबीच चार दिनसम्म चलेको लडाइँलाई उक्साएको थियो । उक्त लडाइँमा दुवै पक्षका ७० जनाभन्दा बढी मानिस मारिएका थिए । यो सन् १९९९ पछिको सबैभन्दा खराब गतिरोध थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला