१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तान पर्यटक ताल वरपर नयाँ होटल निर्माणमा प्रतिबन्ध

३ श्रावण २०८२, शुक्रबार १७:०५
पाकिस्तानले हरेक वर्ष हजारौँ पर्यटकलाई आकर्षित गर्ने उत्तरी भागका रमणीय तालहरूको वरिपरि नयाँ होटल निर्माणमा पाँच वर्षका लागि प्रतिबन्ध लगाउने भएको एक सरकारी निकायले जनाएको छ ।
गिलगिट–बाल्टिस्तानमा होटल र अतिथि गृहहरूको अनियन्त्रित निर्माणले वातावरणीय क्षयीकरणका बारेमा ठूलो चिन्ता जगाएको छ । यस क्षेत्रमा ध्रुवीय क्षेत्रहरू बाहिर पृथ्वीको कुनै पनि अन्य देशभन्दा बढी लगभग १३ हजार हिमनदी छन् ।
यस क्षेत्रको प्राकृतिक सौन्दर्यले यसलाई शीर्ष पर्यटकीय गन्तव्य बनाएको छ । यहाँ पुरानो सिल्क रोडमाथि उत्तर शिखरहरू छन् र चेरी बगैँचा, हिमनदी र बरफ–निलो तालहरू बीच पर्यटकहरू ढुवानी गर्ने राजमार्ग छ ।
तर, हालैका वर्षहरूमा यस क्षेत्र बाहिरका कम्पनीहरूको नेतृत्वमा निर्माण कार्यमा विस्फोट हुँदा पानी र विद्युत् स्रोतहरूमा दबाब सिर्जना गरेको छ र फोहोर बढाएको छ ।
“यदि हामीले तिनीहरूलाई यस्तो गतिमा होटलहरू निर्माण गर्न दियौँ भने त्यहाँ कङ्क्रिटको जङ्गल हुनेछ”, गिलगिट–बाल्टिस्तान वातावरण संरक्षण प्राधिकरणका वरिष्ठ अधिकारी खादिम हुसेनले शुक्रबार एएफपीलाई भन्नुभयो, “मानिसहरू यहाँ कङ्क्रिट हेर्न आउँदैनन्; मानिसहरू यहाँ प्राकृतिक सौन्दर्यको आनन्द लिन आउँछन् ।”
गत महिना एक विदेशी पर्यटकले इन्स्टाग्राममा पोस्ट गरेको एउटा भिडियो तुरुन्तै भाइरल भयो । भिडियोमा हुन्जाका लागि ताजा पानीको स्रोतका रूपमा काम गर्ने अट्टाबाद तालमा होटलले फोहोर पानी छोडेको आरोप लगाइएको थियो ।
अर्को दिन अधिकारीहरूले होटललाई पाँच हजार डलरभन्दा बढी जरिवाना गरे ।
हुन्जा उपत्यकाका राजनीतिक कार्यकर्ता एवं बासिन्दा आसिफ सखीले प्रतिबन्धलाई स्वागत गर्नुभयो ।
“हामीले पर्यटन र विकासका नाममा द्रुत परिवर्तनहरू देखेका छौँ”, उहाँले भन्नुभयो, “होटल निर्माणले हाम्रो प्राकृतिक ताल र नदीहरूलाई नष्ट गरिरहेको छ ।”
होटल प्रबन्धक तथा उपत्यकाका स्थानीय बासिन्दा शाह नवाजले पनि ‘वातावरण र प्राकृतिक सौन्दर्यको रक्षा गर्नु सबैको जिम्मेवारी हो’ भन्ने विश्वास राख्दै प्रतिबन्धको प्रशंसा गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल