२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विस्फोटक पदार्थ राखिएको हल्लापछि दिल्लीका केही विद्यालय परिसरमा प्रहरी तैनाथ

२०८२, ३ श्रावण शुक्रबार १७:०६

काठमाडौँ | बमको धम्कीको सूचना पछि शुक्रबार रिचमन्ड ग्लोबल स्कुल, सोभरिन स्कुल, मोडर्न इन्टरनेसनल स्कुल र हेरिटेज स्कुलमा अग्नि नियन्त्रक र प्रहरी कर्मचारीहरू तैनाथ गरिएको जनाइएको छ ।

रिचमन्ड ग्लोबल स्कुलकी प्रिन्सिपल मौपाली मित्राले शुक्रबार बम राखिएको चेतावनी प्राप्त भएको इमेल प्राप्त भएको केही समयमै प्रहरीलाई सुचना गरेको बताउनुभएको छ । बम डिस्पोजल टोली र अन्य टोलीहरूको सहयोगमा विद्यालय परिसरमा विस्फोटक पदार्थको जाँच गर्दा सुरक्षित फेला परेको उहाँले बताउनुभयो ।

दिल्लीका २० भन्दा बढी विद्यालयहरूलाई इमेलमार्फत बमको चेतावनी आएको अधिकारीहरूले शुक्रबार बताएका हुन ।

पछिल्लो तीन दिनमा दिल्लीका करिब १० वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएकोे चेतावनी प्राप्त भएको केही दिन पछि प्रहरी तैथान गरिएको वा सुरक्षाका लागि अस्थायी रूपमा विद्यालय बन्द गरिएको हो ।

प्रहरीका अनुसार चेतावनीमा भनिएको छ, “हेलो, मैले विदालयको कक्षाकोठामा धेरै विस्फोटक उपकरणहरू राखेको छु । विस्फोटकहरू कालो प्लास्टिकको झोलामा छन् म तिमीहरू प्रत्येकलाई यस संसारबाट विदा गर्नेछु ।”

चेतावनीमा भनिएको छ, “त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथी विलाप गरिरहेका हुनेछन्, जब म यो समाचार देख्नेछु, खुसीले हाँस्नेछु। त्यहाँ केवल आमा बाबुले उनीहरूका बच्चाहरूको मृत शरीरमाथि विलाप गरिरहेका हुनेछन् । यो समाचार पछि म आत्महत्या गर्नेछु ।”

दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशीले सामाजिक सञ्जाल एक्समार्मत शुक्रबार दिल्लाीका विद्यालयलाई बमको धम्कीपछि चिन्ता गर्दै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न नसकेकोमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सरकारको आलोचना गर्नुभएको छ ।

अधिकारीहरूका अनुसार थोमस स्कुल, वसन्त भ्याली स्कुल, द मदर इन्टरनेसनल स्कुल, रिचमन्ड ग्लोबल स्कुल र सरदार पटेल विद्यालयमा विष्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । इमेलले पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् ।

धम्की दिएका स्थानहरू खाली गरी प्रहरीले बम निस्क्रिय पार्ने टोली, तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली, दिल्ली अग्नि नियन्त्रण ब्रिगेडको टोलीलगायत घटनास्थलमा तैनाथ रहेको र अहिलेसम्म कुनै पनि सङ्कास्पद बस्तु फेला नपरेको प्रहरीले जनाएको छ ।

दिल्ली प्रहरीले हालसम्म अन्य कलेजले उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्रदान गरेको सुचना गरेका छैनन् ।

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि दिल्ली प्रहरीको मेलमार्फत बमको धम्की प्राप्त भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन