२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैनः इरान

३ श्रावण २०८२, शुक्रबार १७:१३

आणविक वार्तामा प्रगति नभए आगामी महिनाहरूमा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः सक्रिय गर्ने धम्की दिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना युरोपेली समकक्षीहरूलाई शुक्रबार इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार नरहेको बताउनुभएको छ ।

“यदि इयू/इ–३ ले भूमिका खेल्न चाहन्छ भने, उनीहरूले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्दछ र खतरा र दबाबको जीर्ण नीतिहरूलाई अलग राख्नुपर्छ, अराघचीले एक्समा लेख्नुभएको छ ।

इयूले प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा आएको तर उनीहरूसँग यसका लागि कुनै नैतिक वा कानुनी आधार छैन,” उहाँले भन्नुभयो ।

उहाँले अगाठि थप्नुभयो, “अब कुनै पनि नयाँ चरणको वार्ता अर्को पक्ष निष्पक्ष, सन्तुलित र पारस्परिक लाभकारी आणविक सम्झौताका लागि तयार हुन्छ त्यतिबेला मात्र सम्भव हुनेछ ।”

अराघचीले आफ्ना बेलायती, फ्रान्सेली र जर्मन समकक्षी तथा युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग ‘कन्फरेन्स कल’ गरेपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

फ्रान्सको विदेश मन्त्रालयले भनेको छ, “युरोपेली कूटनीतिज्ञहरूले अराघचीलाई प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्ने आफ्नो दृढताबारे बताएका थिए । स्न्यापब्याक इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ ।

ग्रीष्मयामको अन्त्यसम्म इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ सम्झौताको दिशामा ठोस प्रगति नभएमा स्न्यापब्याक इयूले स्नापब्याकका सिफारिस गर्नसक्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला