२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापान र इयूका अधिकारीबीच शिखर वार्ता हुने

३ श्रावण २०८२, शुक्रबार १७:१६

जापान र युरोपेली सङ्घ (इयू) बीच अर्को साता शिखर वार्ता हुने भएको छ । सम्मेलनमा युरोपेली सङ्घ (इयू)का प्रमुख उर्सुला भोन डेर लेयेन सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा जापानका प्रधानमन्त्री शिगेरु इशिबा, इयूका प्रमुख भोन डेर लेयेन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाबीच भेटवार्ता हुने कार्यक्रम रहेको जापानको विदेश मन्त्रालयले जनाएको छ ।

तीनै जनाले राष्ट्रिय सुरक्षा, अर्थतन्त्रलगायत विषयमा छलफल गर्नेछन् ।

अन्तर्राष्ट्रिय समाजले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण रणनीतिक साझेदार रहेको युरोपेली सङ्घसँग जापानको सम्बन्धलाई माथि उकास्ने अवसरका रूपमा यस बैठकलाई मन्त्रालयले व्याख्या गरेको छ ।

यसैबीच, शिखर सम्मेलनमा दुई पक्षले संयुक्त वक्तव्य जारी गर्दै नयाँ ‘इकोनोमिक टु प्लस टु डायलग’ सुरु गर्ने घोषणा गर्ने व्यापार दैनिक निक्केईले बिहीबार जनाएको छ ।

नयाँ संवादअन्तर्गत दुर्लभ सामग्रीको खरिदमा चीनमाथिको निर्भरता कम गर्न चाहने जापान र इयूले संयुक्त सार्वजनिक–निजी परियोजनाको खोजी गर्नेछन् ।

अहिलेसम्म जापानका आर्थिक र विदेशमन्त्रीहरूले इयूका शीर्ष व्यापार वार्ताकार मारोस सेफ्कोभिकलाई भेटेका छन्, तर नयाँ ‘टू प्लस टू’ वार्तामा उद्योग प्रमुख स्टेफन सेजोर्न पनि सहभागी हुनुहुने निक्केईले जनाएको छ ।

भोन डेर लेयेन र कोस्टा जापानापछि चीन जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला