२६ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाको मध्यस्थतामा सिरिया–इजरायल युद्धविराम, ड्रुज क्षेत्र अझै अशान्त

४ श्रावण २०८२, शनिबार १३:३३

सिरियाको ड्रुज समुदाय बसोबास गर्ने क्षेत्रमा हिंसा चर्किरहेका बेला संयुक्त राज्य अमेरिकाले सिरिया र इजरायलबीच युद्धविरामको सम्झौता गराएको घोषणा गरेको छ ।

सिरियन मानव अधिकार अनुगमन केन्द्रका अनुसार, ड्रुज र बेदुइन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा कम्तीमा ६३८ जनाको मृत्यु भइसकेको छ । यो सङ्कटले कार्यवाहक राष्ट्रपति अहमद अल–शराआ को नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

इजरायलले बुधबार राजधानी दमास्कसमा हवाई आक्रमण गर्दै सिरियाली सेनाको मुख्यालय नै लक्षित गरेको थियो ।
अमेरिकाका सिरिया मामिलाका विशेष दूत टम बेराकले शनिबार बिहानै जानकारी दिँदै भन्नुभयो, “शराआ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच अमेरिकाको पहलमा युद्धविरामको सहमति भएको छ ।” उक्त सम्झौतामा टर्कीए र जोर्डनको समर्थन रहेको पनि उहाँले बताउनुभयो ।

बेराकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभयो,“ड्रुज, बेदुइन र सुन्नी समुदायलाई हतियार बिसाएर शान्तिपूर्ण र एकीकृत सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्दछौं ।”

यसअघि, अमेरिकाको मध्यस्थतामै शराआले ड्रुजको केन्द्र स्वेइदा शहरबाट सैनिक फिर्ता गरेका थिए । तर शराआको कार्यालयले ड्रुज लडाकुहरूकै कारण युद्धविराम भङ्ग भएको आरोप लगाएको छ ।

शुक्रबार साँझ शराआ कार्यालयले फेरि स्वेइदातर्फ थप सुरक्षा बल पठाउने तयारी रहेको जानकारी दिँदै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।

स्वेइदामा झडप, अस्पताल भरिए

एएफपीका अनुसार, शुक्रबार स्वेइदाको प्रवेशद्वारमा ड्रुज र बेदुइन लडाकुहरूबीच पुनः झडप भएको छ । करिब २०० बेदुइन लडाकुले मेसिनगन र गोला प्रहार गरेका थिए ।

स्वेइदा राष्ट्रिय अस्पतालमा शव राख्ने ठाउँ सकिएकाले शव सडकमा राख्नुपरेको छ । चिकित्सक डाक्टर ओमर ओबेदले भन्नुभयो,“सोमबारदेखि ४०० भन्दा बढी शव आएका छन् । शव राख्ने फ्रिजमा ठाउँ छैन ।”

संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायका अनुसार, आइतबारदेखि हालसम्म ७९ हजार ३३९ व्यक्ति विस्थापित भएका छन् ।

देशभरबाट बेदुइनको समर्थन, इजरायलको राहत सहायता

सिरियाभरका विभिन्न बेदुइन समुदायका लडाकुहरू स्वेइदाको वरपरका गाउँहरूमा जम्मा भएका छन् । हमाका प्रमुख अनेस अल–एनादले भन्नुभयो, “हाम्रो बेदुइन दाजुभाइहरूले सहयोग मागे, त्यसैले हामी आइपुग्यौं ।”

एएफपीले देखेको अनुसार, वाल्घा गाउँमा दर्जनौँ घर र पसलहरू जलाइएका छन् । अहिले गाउँ बेदुइन लडाकुहरूको नियन्त्रणमा छ ।

यसैबीच, इजरायलले स्वेइदाका ड्रुजहरूका लागि ६ लाख डलर बराबरको राहत सामग्री (खाद्य र औषधि) पठाउने घोषणा गरेको छ । विश्लेषकका अनुसार, इजरायलको यस्तो कदमले सिरियाली सेनालाई थप कमजोर पार्ने रणनीति हो ।

मानवीय सङ्कटमा अन्तर्राष्ट्रिय चासो

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले रगतपात तुरुन्त रोक्न र सबै पक्षले निष्पक्ष र छिटो छानबिनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुख स्टेफान सकालियनले भन्नुभयो,“स्वेइदाको मानवीय अवस्था अत्यन्तै गम्भीर छ । अस्पतालमा उपचारका लागि आवश्यक स्रोत छैनन्, मृत शरीर गाड्न ठाउँ छैन ।”

स्थानीय सञ्चारमाध्यम ‘सुवेइदा–२४’ का सम्पादक रयान मारूफले भन्नुभयो,“हामी बच्चाहरूका लागि दूधसमेत पाउन सकिरहेका छैनौं । स्थिति भयावह छ ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो