२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

२०८२, ५ श्रावण आईतवार १५:०८

रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलाबद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ ।

स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६.७ म्याग्निच्यूडको भूकम्प गएपनि यसबाट सुनामीको जोखिम हुने बताइएको थिएन । ग्रीनविच समयअनुसार आइतबार ८ः४९ मा अर्को ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको र यसबाट तटीय क्षेत्रमा सुनामीको लहर आउनसक्ने बताइएको छ ।

युएसजीएसले रुसी तटमा ३० सेन्टिमिटरदेखि एक मिटर (३.३ फिटसम्म) र जापान तथा अमेरिकी राज्य हवाईमा ३० सेन्टिमिटर (एक फिट) भन्दा कम छाल आउने अनुमान गरेको छ ।

भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क–कामचात्स्की शहरबाट करिब १५० किलोमिटर पूर्वमा रहेको प्रशान्त महासागरमा रहेको बताइएको छ ।

युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि अर्को भूकम्पसहित थुप्रै पराकम्पनहरू आएका थिए।

रुसी आपतकालीन अवस्था मन्त्रालयले टेलिग्राममा लेखेको छ, “बेरिङ सागरको दक्षिणपश्चिमी भागमा रहेको कमान्डर टापुमा ६० सेन्टिमिटरसम्म र कामचाटका प्रायद्वीपमा १५ देखि ४० सेन्टिमिटरसम्म छाल आउने अनुमान गरिएको छ ।”

प्रायद्वीप प्रशान्त र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूको मिलन बिन्दु हो । यसलाई भूकम्पीय हिसाबले जोखिमयुक्त क्षेत्र मानिन्छ ।

सन् १९०० यता यस क्षेत्रमा ८.३ म्याग्निच्यूड वा सोभन्दा माथिका सात वटा ठूला भूकम्प गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह