२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिनलाई रोक्न ट्रम्पको आक्रामक रणनीति : भारत–चीनलाई ५००% ट्यारिफको धम्की

७ श्रावण २०८२, मंगलवार १५:४०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबिच युद्धविराम गराउन विभिन्न प्रयासहरू गरिरहेका छन् ।

यही क्रममा उनका एक निकट सांसदले रूससँग व्यापारिक सम्बन्ध राख्ने देशहरूलाई कडा चेतावनी दिएका छन् । रिपब्लिकन पार्टीका प्रभावशाली सांसद लिन्डसे ग्राहमले यदि भारत र चीनले रुससँग व्यापार जारी राखे ट्रम्पले दुवै देशमाथि भारी ट्यारिफ लगाउने खुला धम्की दिएका हुन् ।

५०० प्रतिशत ट्यारिफको प्रस्ताव

सांसद ग्राहमले नै रूससँग व्यापार गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म ट्यारिफ लगाउनुपर्ने प्रस्ताव अघि सारेका थिए, जसमा भारत र चीन र ब्राजिलको नाम पनि समावेश थियो । उनले अब यी देशहरूले रूसबाट सामान किन्न नरोके उनीहरूको अर्थतन्त्र नै बर्बाद हुने चेतावनी दिएका छन् ।

पुटिनलाई रोक्न आवश्यक छ : ग्राहम

चीन, भारत र ब्राजिलले रुसको ८० प्रतिशत तेल खरिद गरिरहेका ग्राहमको दाबी छ, जसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध जारी राख्न मद्दत पुगिरहेको छ । उनले यसलाई ‘ब्लड मनी’को संज्ञा दिँदै भने, ‘पुटिनलाई नरोकेसम्म उनी रोकिने छैनन् ।’

ग्राहमभन्दा पहिले नेटोले पनि चीन र भारतमाथि ट्यारिफ लगाउने चेतावनी दिइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई युद्धविराममा सहमत हुन सन् २०२५ सेप्टेम्बर २ सम्मको समयसीमा दिएका छन् ।

ट्रम्पले यदि रुस युद्धविरामका लागि तयार नभए उसमाथि ५०० प्रतिशत ट्यारिफ लगाइने चेतावनी दिएका छन् । साथै रुससँग व्यापार गर्ने देशहरूमाथि पनि १ सय प्रतिशत अतिरिक्त ट्यारिफ लगाइने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला