२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको हत्या योजना : हत्या गर्ने व्यक्तिलाई ४० मिलियन डलर पुरस्कार,टाउको १.१४ मिलियन डलर

२०८२, ८ श्रावण बुधबार १४:२९

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न इरानको एक कट्टरपन्थी समूहले अभियान सञ्चालन गरिरहेको खुलेको छ ।

“ब्लड कोभेनन्ट” नामक समूहले ट्रम्पविरुद्ध फतवा जारी भएको दाबी गर्दै “इस्लामका शत्रु”को रूपमा चित्रण गर्दै सो अभियान चलाएको द जेरुसेलम पोस्टले जनाएको छ ।

 

अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टका अनुसार ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ४० मिलियन अमेरिकी डलर पुरस्कार दिने भन्दै एक क्राउडफण्डिङ अभियान सञ्चालनमा ल्याइएको छ । उक्त अभियानमा इरानको सरकारी सञ्चारमाध्यममा कार्यरत एक पूर्वकर्मीको संलग्नता रहेको जनाइएको छ।

ब्लड कोभेनन्ट समूहले आफ्नै वेबसाइटमा लेखेको छ, “हामी इमाम महदीका प्रतिनिधिमाथि खतरा पुर्‍याउनेहरूलाई न्यायमा ल्याउने व्यक्तिलाई पुरस्कार दिनेछौं ।” समूहले ट्रम्पलाई “अल्लाहका शत्रु”को रूपमा घोषणा गर्दै फतवाको आधारमा हत्या अभियान सुरु गरिएको दाबी गरेको छ।

यस अभियानमा कम्तीमा १० जना राज्य-नियुक्त इरानी धर्मगुरुहरूको समर्थन रहेको लन्डनस्थित विद्रोही सञ्चारमाध्यम इरान इन्टरनेशनलले जनाएको छ ।

पश्चिम अजरबैजान प्रान्तका प्रचार संस्थाका निर्देशक मन्सुर एमामीले भनेका छन्, “जसले ट्रम्पको टाउको ल्याउँछ, उसलाई १०० अर्ब तोमान (झण्डै १.१४ मिलियन डलर) दिनेछौं।”

तर, इरानी राष्ट्रपति मसउद पेसेश्कियनले टकर कार्लसनसँगको अन्तर्वार्तामा भने, “मेरो जानकारीअनुसार यी धर्मगुरुहरूले ट्रम्पविरुद्ध कुनै आधिकारिक फतवा जारी गरेका छैनन् । यस अभियानको न त सरकारसँग सम्बन्ध छ, न त सर्वोच्च नेतासँग ।”

यद्यपि, अमेरिकास्थित मिडिल इस्ट मेडिया रिसर्च संस्थान (MEMRI)ले भने ब्लड कोभेनन्टलाई इरानी शासनको संरक्षणमा सञ्चालित बताएको छ। MEMRI का अनुसार “यो जिहादको खुला आह्वान हो । धार्मिक आवरणमा ट्रम्पको हत्या वैध ठहर गरिएको छ ।”

अमेरिकी न्याय विभागअनुसार ट्रम्पको हत्या प्रयासमा विभिन्न समूह सक्रिय छन् । सन् २०२४ मा एक पाकिस्तानी नागरिकलाई अमेरिकी राष्ट्रपति र अन्य अधिकारीहरूको हत्या योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह