२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको हत्या योजना : हत्या गर्ने व्यक्तिलाई ४० मिलियन डलर पुरस्कार,टाउको १.१४ मिलियन डलर

८ श्रावण २०८२, बुधबार १४:२९

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न इरानको एक कट्टरपन्थी समूहले अभियान सञ्चालन गरिरहेको खुलेको छ ।

“ब्लड कोभेनन्ट” नामक समूहले ट्रम्पविरुद्ध फतवा जारी भएको दाबी गर्दै “इस्लामका शत्रु”को रूपमा चित्रण गर्दै सो अभियान चलाएको द जेरुसेलम पोस्टले जनाएको छ ।

 

अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टका अनुसार ट्रम्पको हत्या गर्ने व्यक्तिलाई ४० मिलियन अमेरिकी डलर पुरस्कार दिने भन्दै एक क्राउडफण्डिङ अभियान सञ्चालनमा ल्याइएको छ । उक्त अभियानमा इरानको सरकारी सञ्चारमाध्यममा कार्यरत एक पूर्वकर्मीको संलग्नता रहेको जनाइएको छ।

ब्लड कोभेनन्ट समूहले आफ्नै वेबसाइटमा लेखेको छ, “हामी इमाम महदीका प्रतिनिधिमाथि खतरा पुर्‍याउनेहरूलाई न्यायमा ल्याउने व्यक्तिलाई पुरस्कार दिनेछौं ।” समूहले ट्रम्पलाई “अल्लाहका शत्रु”को रूपमा घोषणा गर्दै फतवाको आधारमा हत्या अभियान सुरु गरिएको दाबी गरेको छ।

यस अभियानमा कम्तीमा १० जना राज्य-नियुक्त इरानी धर्मगुरुहरूको समर्थन रहेको लन्डनस्थित विद्रोही सञ्चारमाध्यम इरान इन्टरनेशनलले जनाएको छ ।

पश्चिम अजरबैजान प्रान्तका प्रचार संस्थाका निर्देशक मन्सुर एमामीले भनेका छन्, “जसले ट्रम्पको टाउको ल्याउँछ, उसलाई १०० अर्ब तोमान (झण्डै १.१४ मिलियन डलर) दिनेछौं।”

तर, इरानी राष्ट्रपति मसउद पेसेश्कियनले टकर कार्लसनसँगको अन्तर्वार्तामा भने, “मेरो जानकारीअनुसार यी धर्मगुरुहरूले ट्रम्पविरुद्ध कुनै आधिकारिक फतवा जारी गरेका छैनन् । यस अभियानको न त सरकारसँग सम्बन्ध छ, न त सर्वोच्च नेतासँग ।”

यद्यपि, अमेरिकास्थित मिडिल इस्ट मेडिया रिसर्च संस्थान (MEMRI)ले भने ब्लड कोभेनन्टलाई इरानी शासनको संरक्षणमा सञ्चालित बताएको छ। MEMRI का अनुसार “यो जिहादको खुला आह्वान हो । धार्मिक आवरणमा ट्रम्पको हत्या वैध ठहर गरिएको छ ।”

अमेरिकी न्याय विभागअनुसार ट्रम्पको हत्या प्रयासमा विभिन्न समूह सक्रिय छन् । सन् २०२४ मा एक पाकिस्तानी नागरिकलाई अमेरिकी राष्ट्रपति र अन्य अधिकारीहरूको हत्या योजना बनाएको आरोपमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला