२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नक्कली देश बनाएर जनतालाई झुक्याउने ‘राष्ट्रदूत’ पक्राउ

८ श्रावण २०८२, बुधबार १८:१२

काठमाडौँ | नक्कली दूतावास सञ्चालन गरी बसेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन्। उत्तर प्रदेशको स्पेशल टाक्स फोर्सको नोएडा युनिटले जुलाइ २२ (मंगलबार) एउटा नक्कली दूतावास सञ्चालन गरिरहेको घरमा छापा मारेको हो।

भारतीय सञ्चार द ललनटपका अनुसार छापा मारी टाक्स फोर्सले हर्षवर्धन जैनलाई पक्राउ गरेको हो। त्यसघरको पार्किङबाट कूटनीतिक नम्बर प्लेट राखिएका गाडीहरू पनि बरामद भएका थिए।

कतिपय देशका पासपोर्ट, विदेश मन्त्रालयका दस्तावेज, पेनड्राइभ, कम्पनीका छाप, प्रेस कार्ड पनि बरामद भएको उक्त समाचारमा उल्लेख छ। प्रहरीले ४४ लाख ७० हजार भारतीय नगद पनि बरामद गरेको थियो। त्यसबाहेक केही विदेशी मुद्रा समेत बरामद भएका थिए।

हर्षवर्दनले वेस्ट आर्कटिका, सेबोर्गा, पौल्विया, लोडोनिया भन्ने ठेगानाका अधिकारी बताउँदै दूतावास सञ्चालन गरिरहेका थिए। उनले आफै देशको नाम राखेर त्यस देशको कूटनीतिज्ञ भएको बताउँदै आएको पनि प्रहरीको अनुसन्धानमा खुलेको हो।

मानिसलाई भ्रममा पार्न प्रधानमन्त्री, राष्ट्रपति लगायत व्यक्तिसँग तस्बिर जोडेर देखाउने गरेक थिए। यस्ता तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा समेत राख्ने गरेका थिए।

अहिले उनीविरूद्ध एफआईआर दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला