२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नक्कली देश बनाएर जनतालाई झुक्याउने ‘राष्ट्रदूत’ पक्राउ

२०८२, ८ श्रावण बुधबार १८:१२

काठमाडौँ | नक्कली दूतावास सञ्चालन गरी बसेको आरोपमा भारतमा एक व्यक्ति पक्राउ परेका छन्। उत्तर प्रदेशको स्पेशल टाक्स फोर्सको नोएडा युनिटले जुलाइ २२ (मंगलबार) एउटा नक्कली दूतावास सञ्चालन गरिरहेको घरमा छापा मारेको हो।

भारतीय सञ्चार द ललनटपका अनुसार छापा मारी टाक्स फोर्सले हर्षवर्धन जैनलाई पक्राउ गरेको हो। त्यसघरको पार्किङबाट कूटनीतिक नम्बर प्लेट राखिएका गाडीहरू पनि बरामद भएका थिए।

कतिपय देशका पासपोर्ट, विदेश मन्त्रालयका दस्तावेज, पेनड्राइभ, कम्पनीका छाप, प्रेस कार्ड पनि बरामद भएको उक्त समाचारमा उल्लेख छ। प्रहरीले ४४ लाख ७० हजार भारतीय नगद पनि बरामद गरेको थियो। त्यसबाहेक केही विदेशी मुद्रा समेत बरामद भएका थिए।

हर्षवर्दनले वेस्ट आर्कटिका, सेबोर्गा, पौल्विया, लोडोनिया भन्ने ठेगानाका अधिकारी बताउँदै दूतावास सञ्चालन गरिरहेका थिए। उनले आफै देशको नाम राखेर त्यस देशको कूटनीतिज्ञ भएको बताउँदै आएको पनि प्रहरीको अनुसन्धानमा खुलेको हो।

मानिसलाई भ्रममा पार्न प्रधानमन्त्री, राष्ट्रपति लगायत व्यक्तिसँग तस्बिर जोडेर देखाउने गरेक थिए। यस्ता तस्बिर उनले आफ्नो सामाजिक सञ्जालमा समेत राख्ने गरेका थिए।

अहिले उनीविरूद्ध एफआईआर दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन