२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको युद्ध संकेत: “हमास सखाप पार्न इजरायललाई पूर्ण समर्थन”

११ श्रावण २०८२, शनिबार १३:५५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा हमास विरुद्धको “काम सक्न” सैन्य कारबाहीलाई तीव्र पार्न निर्देशन दिएका छन् । हालैसम्म युद्धविराम वार्ता सफल हुनेमा आशावादी देखिएका ट्रम्पले हमासलाई “असहयोगी” भन्दै अमेरिकी वार्ताकारलाई वार्ताबाट फिर्ता बोलाएपछि उनले यस्तो भनेका हुन् ।

 

सीएनएनकाअनुसार स्कटल्यान्ड जानुअघि पत्रकारसँग ट्रम्पले भने, “उनीहरू (हमास) मर्न चाहन्छन् जस्तो देखिन्छ र यो निकै नराम्रो हो । अब यो अन्त्य गर्ने बेला आएको छ ।”

ट्रम्पको यो अभिव्यक्तिले मानवता संकट गहिरिँदै गइरहेको गाजामा इजरायली सैन्य कदमलाई अझ आक्रामक बनाउने संकेत दिएको हो । उनले थपे, “इजराइलले छुटकारा पाउनका लागि उनीहरु(हमास)को सखाप पार्नुपर्नेछ ।”

अमेरिकाले युद्धविराम वार्ता रोक्ने निर्णय गरेसँगै दोहामा भइरहेको वार्तामा हलचल उत्पन्न भएको छ । ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफले “वैकल्पिक उपायहरू” खोज्ने बताएका छन् भने अमेरिकी अधिकारीहरूले यो रणनीतिक दबाबको रूपमा व्याख्या गरेका छन् ।

यद्यपि, इजिप्ट र कतारले वार्ता प्रक्रिया जारी रहने बताएका छन् । इजरायली एक उच्च अधिकारीले पनि वार्ता “पूर्ण रूपमा विफल नभएको” भन्दै वार्ता पुनः सुरु हुने सम्भावना खुला रहेको जनाएका छन् ।

यसबीच, गाजामा भोकमरीबाट ग्रस्त बालबालिकाका तस्वीरहरू देखाउँदै ट्युनिसियाली राष्ट्रपति कायस सईदले ट्रम्प प्रशासनलाई चेतावनी दिएका छन्, “यो सम्पूर्ण मानवतामाथिको अपराध हो ।” तर, ट्रम्पले सहायता वितरणमा बाधा हमासले सृजना गरिरहेको आरोप लगाएका छन् ।

फ्रान्सले आगामी सेप्टेम्बरमा राष्ट्रसंघ महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीति थप तातिएको छ । तर, ट्रम्पले फ्रेन्च राष्ट्रपति म्याक्रोनको निर्णयलाई “भार नभएको बयान” भन्दै खारेज गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला