२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पले थाइल्यान्ड र कम्बोडिया तत्काल युद्धविराम वार्ता गर्न सहमत भएको दाबी गरे

१२ श्रावण २०८२, आईतवार १३:३७

काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया तत्काल युद्धविराम वार्ता गर्न सहमत भएको दाबी गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले ३ दिनदेखि चलिरहेको सीमा विवादका बीच दुवै देशसँग प्रत्यक्ष कुरा गरेको र उनीहरू युद्धविरामका लागि संवाद गर्न तयार रहेको दाबी गरेका हुन्।

यस क्रममा आफूले द्वन्द्व जारी रह्यो भने अमेरिकाले उनीहरूसँग कुनै पनि व्यापार सम्झौता नगर्ने चेतावनी पनि दिएको ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, दुवै पक्ष तत्काल युद्धविराम र शान्ति चाहन्छन्। मैले कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाईसँग छुट्टाछुट्टै कुरा गरेको छु।

यसैबीच, थाई प्रधानमन्त्री फुम्थमले ट्रम्पलाई धन्यवाद दिँदै थाइल्यान्ड युद्धविरामका लागि तयार रहेको तर यसका लागि कम्बोडिया पनि गम्भीर हुनुपर्ने बताएका छन्। बिहीबारदेखि थाइल्यान्ड र कम्बोडियाका सेनाबीच जारी झडपमा दुवैतर्फ गरेर ३३ जनाको मृत्यु भइसकेको छ भने हजारौँ मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला