२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाको स्थितिलाई हेरेर विश्वले चुप बस्न नमिल्ने -बराक ओबामा

१३ श्रावण २०८२, सोमबार १२:१०

काठमाडौँ | पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले गाजा क्षेत्रमा राहत सामग्री पुग्न दिनुपर्ने बताएका छन्। उनले मानिसहरूलाई खाना र पानीबाट टाढा राख्नुको कुनै तर्कसंगत कारण हुन नसक्ने पनि बताएका छन् ।

ओबामाले सामाजिक सञ्जाल एक्समा अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका दुई रिपोर्टहरू सेयर गर्दै गाजा क्षेत्रमा भोकमरी, कुपोषण र सम्भावित अकालको अवस्थाबारे बोलेका छन्। ती रिपोर्टहरूमा गाजाको यस स्थितिलाई हेरेर विश्वले चुप बस्न नमिल्ने भनिएको छ ।

ओबामाले लेखेका छन्, ‘गाजा संकटको दीर्घकालीन समाधानका लागि इजराइली बन्धकहरूको रिहाइ र इजरायली सैन्य कारबाहीको अन्त्य आवश्यक छ। यस्ता लेखहरूले निर्दोष मानिसहरूको भोकमरीबाट हुन सक्ने मृत्युको त्रासदी रोक्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखाउँछन्।’

उनले थपेका छन्, ‘गाजामा मानवीय सहायता पुग्न दिनु आवश्यक छ। खाना र पानी मानिसहरूबाट रोक्नुको कुनै पनि तर्क छैन।’

गाजामा खानेकुराको चरम अभावका कारण अकालको स्थिति सिर्जना भएको छ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै गाजामा कुपोषण ‘खतरनाकस्तर’ मा पुगेको जनाएको छ । यो अवस्था तीव्र गतिमा बढिरहेको उसले जनाएको छ।

यता, आइतबार जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) ले गाजामा हवाई मार्गबाट राहत सामग्री खसालेका छन्।

उता इजरायलले गाजाको केही भागमा प्रतिदिन १० घण्टा सैन्य कारबाही रोकिने बताएकोछ । संयुक्त राष्ट्रसंघमार्फत् राहत सामग्री पठाउन विशेष ‘ह्युम्यानिटेरियन कोरिडोर’ खोलिने पनि उसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला