२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजाको स्थितिलाई हेरेर विश्वले चुप बस्न नमिल्ने -बराक ओबामा

२०८२, १३ श्रावण सोमबार १२:१०

काठमाडौँ | पूर्वअमेरिकी राष्ट्रपति बराक ओबामाले गाजा क्षेत्रमा राहत सामग्री पुग्न दिनुपर्ने बताएका छन्। उनले मानिसहरूलाई खाना र पानीबाट टाढा राख्नुको कुनै तर्कसंगत कारण हुन नसक्ने पनि बताएका छन् ।

ओबामाले सामाजिक सञ्जाल एक्समा अमेरिकी पत्रिका न्युयोर्क टाइम्सका दुई रिपोर्टहरू सेयर गर्दै गाजा क्षेत्रमा भोकमरी, कुपोषण र सम्भावित अकालको अवस्थाबारे बोलेका छन्। ती रिपोर्टहरूमा गाजाको यस स्थितिलाई हेरेर विश्वले चुप बस्न नमिल्ने भनिएको छ ।

ओबामाले लेखेका छन्, ‘गाजा संकटको दीर्घकालीन समाधानका लागि इजराइली बन्धकहरूको रिहाइ र इजरायली सैन्य कारबाहीको अन्त्य आवश्यक छ। यस्ता लेखहरूले निर्दोष मानिसहरूको भोकमरीबाट हुन सक्ने मृत्युको त्रासदी रोक्न तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखाउँछन्।’

उनले थपेका छन्, ‘गाजामा मानवीय सहायता पुग्न दिनु आवश्यक छ। खाना र पानी मानिसहरूबाट रोक्नुको कुनै पनि तर्क छैन।’

गाजामा खानेकुराको चरम अभावका कारण अकालको स्थिति सिर्जना भएको छ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिँदै गाजामा कुपोषण ‘खतरनाकस्तर’ मा पुगेको जनाएको छ । यो अवस्था तीव्र गतिमा बढिरहेको उसले जनाएको छ।

यता, आइतबार जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) ले गाजामा हवाई मार्गबाट राहत सामग्री खसालेका छन्।

उता इजरायलले गाजाको केही भागमा प्रतिदिन १० घण्टा सैन्य कारबाही रोकिने बताएकोछ । संयुक्त राष्ट्रसंघमार्फत् राहत सामग्री पठाउन विशेष ‘ह्युम्यानिटेरियन कोरिडोर’ खोलिने पनि उसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह