२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मान्छेको पुर्खाले,मान्छेको मासु खाने गर्थ्यो – वैज्ञानिक खोज

वैज्ञानिकहरूका अनुसार आजभन्दा ८ लाख ५० हजार वर्षअघिका मानव पुर्खा होमो एन्टिसेसर प्रजातिले आफ्नै बच्चालाई मारेर खाएको प्रमाण फेला परेको छ।
१३ श्रावण २०८२, सोमबार १७:२३

काठमाडौँ | मानव इतिहासको एक अति रहस्यमय पक्षबारे वैज्ञानिकहरूले चकित पार्ने प्रमाण फेला पारेका छन्| वैज्ञानिकहरूका अनुसार आजभन्दा ८ लाख ५० हजार वर्षअघिका मानव पुर्खा होमो एन्टिसेसर प्रजातिले आफ्नै बच्चालाई मारेर खाएको प्रमाण फेला परेको छ।

स्पेनको ग्रेन डोलिना गुफामा गरिएको उत्खननका क्रममा एक २–४ वर्षे बच्चाको गर्धनको हड्डी फेला परेको छ, जसमा दाँतले टोकेको निसान र धारिलो हतियारले काटिएको चिरा पाइएको छ। खोजकर्ताहरूको भनाइ अनुसार यी प्रमाणहरूले मानव पुर्खाले बच्चा मारेर मासु खाएको देखाउँछ। गुफामा भेटिएका अन्य मानव हड्डीहरूमा पनि यस्तै नरभक्षणका संकेत भेटिएका छन्।

यो मानव प्रजातिले दायाँ हातले काम गर्ने, सम्भवतः प्रतीकात्मक भाषा प्रयोग गर्ने र सिकार गर्ने प्रचलन अपनाउने गरेको अनुमान छ। यसअघि केन्यामा पनि १४ लाख ५० हजार वर्ष पुरानो नरभक्षणको प्रमाण भेटिएको थियो। पछिल्लो खोजले यस्तो चलन अझै पछिसम्म रहको हुन सक्ने देखाउन सक्छ।

कहिलेकाहीं मानव पुर्खाहरूले अन्त्येष्टि अनुष्ठानका क्रममा पनि मृतकको मासु खाने प्रचलन राखेका थिए भन्ने अनुसन्धान बाट खुलेको छ । यसै गरि बेलायतमा पाइएको खप्परबाट बनेको कचौराबाट उनीहरूले पानी वा रगत पिउने गर्थे भन्ने अनुमान वैज्ञानिकहरूको छ।

गर्धनको हड्डीमा दाँतले टोकेका खत

स्पेनको ग्रान डोलिना गुफाबाट फेला परेको गर्धनको हड्डीमा दाँतले टोकेको खत भेटिएपछि वैज्ञानिकहरूले मानव पुर्खा ‘होमो एन्टिसेसर’ मा नरभक्षी प्रवृत्ति रहेको ठहर गरेका छन्। उक्त प्रजाति आधुनिक मानव र निएन्डरथलको साझा पूर्वज मानिन्छ, जसको मस्तिष्क औसत १०००–११५० घन से.मी. को थियो।

उक्त हड्डी एक बालकको हो, जसको टाउको धारिलो हतियारले काटिएको देखिन्छ। वैज्ञानिकहरूको भनाइ अनुसार गुफाबाट फेला परेका हड्डीमध्ये एक तिहाईमा मासु काटेका खतहरू छन्, जुन सिकार गरिने जनावरसँग मिल्दो देखिन्छ।

डाक्टर पामिरा सलादीका अनुसार यो घटनाको सटीकता तथा बच्चाको उमेरले यो खोजलाई अझै आश्चर्यजनक बनाएको छ। यदि प्रमाण पुष्ट भयो भने, यो मानव इतिहासमा बच्चालाई खाएको पहिलो प्रमाण हुने वैज्ञानिकहरूको दाबी छ।

जानीबुझी टाउको काटिएको प्रमाण

 

पुरातत्वविदहरुका अनुसार यो मानव प्रजातिले दायाँ हातले काम गर्दथ्यो । जसले गर्दा यसलाई अन्य बाँदर प्रजाति भन्दा फरक हुन्थ्यो । सम्भवतः यी मानवहरुले प्रतिकात्मक भाषा प्रयोग गर्दथे । शोधकर्ताहरुका अनुसार फेला परेको गर्धनको हड्डीमा रहेका खतहरुबाट उक्त बच्चाको टाउको धारिलो हतियारले काटिएको देखिन्छ ।

उक्त ठाउँमा प्राप्त अन्य वयस्क मानिसहरुका हड्डीमा समेत मासु काटिएका संकेत तथा जानुबुझी हड्डी फोडिएका प्रमाण भेटिएका छन् । ती खतहरु मनिसले खाने अन्य जनावरका हड्डीहरुमा पाइने निसानजस्तै छन् । ती हड्डीको अवशेषको सतहका संकेतहरु ऋसाधारण तरिकाले संरक्षित रहेको डाक्टर सलादी बताउँछिन् ।

हड्डीमा काटिएका खतहरु फरक-फरक छैनन् । हड्डीहरुमा प्राप्त काटिएका खतहरु इो कुराको सबैभन्दा विश्वसनीय प्रमाण हुन् कि उक्त घटनास्थलमा मानिसहरुलाई काटेर खाइएको थियो  यसबाट उक्त मानव पूर्खाले आफ्नै बच्चा तथा अन्य मानिसहरुलाई काटेर खाने गरेको पुष्टि हुन्छ । यसअघि केन्यामा करीब १४ लाख ५० हजार वर्ष अगाडिको मानव पुर्खामा नरभक्षणको चलन रहेको तथ्य फेला परेको थियो । पछिल्लो प्रमाणले यस्तो चलन साढे ८ लाख वर्षअघिसम्मै रहेको देखाएको छ ।

अन्त्येष्टि अगाडि मासुको भोजन

कतिपय पुरात्वविदहरुका अनुसार मानव पुर्खाहरुले मृतकको अन्त्यष्टि गर्नुअघि अन्त्येष्टि अनुष्ठानकै रुपमा शवबाट मासु निकालेर खाने गर्दथे । शवको मासु खाने र त्यसपछि अन्त्येष्टि गर्ने परम्परा प्राचीन संस्कृतिमा रहेको विश्वास गरिएको छ।

बेलायतको समरसेटस्थित चेडर गर्ज क्षेत्रमा भेटिएका १४,७०० वर्ष पुराना मानव खप्परहरूबाट वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि ती खप्परहरूलाई कचौरा बनाएर पानी वा रगत पिउन प्रयोग गरिन्थ्यो।

विज्ञहरूका अनुसार आदिमानवहरूले शत्रुलाई पराजित गरेपछि टाउकोको खप्परलाई ट्रफीसरह राख्ने वा त्यसलाई प्रयोग गर्ने प्रथा थियो, जसले नरभक्षणलाई केवल भोजन नभई सांस्कृतिक तथा प्रतीकात्मक अभ्यास पनि बनाएको देखाउँछ। एजेन्सी /डेलीमेलबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य