२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

८.७ रेक्टरको भूकम्पले हल्लायो रुस , जापान–अमेरिकासम्म सुनामी चेतावनी

१५ श्रावण २०८२, बुधबार १२:२१

काठमाडौँ | रूसको कामचाट्का प्रायद्वीप नजिकै बुधवार बिहान ८.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ । रोयटर्सका अनुसार कामचाट्कामा ४ मिटर अग्ला सुनामी लहरहरू उठेका छन् । यसले गर्दा धेरै भवनहरूमा क्षति पुगेको छ । कामचाट्काका गभर्नर भ्लादिमिर सोलोदोभले भिडियोमार्फत के भनेका छन् भने यो भूकम्प दशकौँपछिको सबैभन्दा शक्तिशाली हो । उनले एक किन्डरगार्टन स्कूल पनि क्षतिग्रस्त भएको बताएका छन् ।

 

अमेरिकी भूगर्भीय सर्वेक्षण संस्थाका अनुसार भूकम्पको केन्द्र जमिनको १९ दशमलव ३ किलोमिटर गहिराइमा रहेको थियो । नेपाली समयअनुसार बिहान ५ः१३ बजे भूकम्प आएको जनाइएको छ । जापानी टेलिभिजनका अनुसार देशको पूर्वी किनारमा १ फिट अग्लो पहिलो सुनामी लहर पुगेको छ । यसै कारण जापानले फुकुशिमा परमाणु रिएक्टर खाली गराएको छ । भूकम्प जापानको चार ठूला टापुहरूमध्ये उत्तरमा पर्ने होक्काइडो टापुदेखि करिब २५० किलोमिटर टाढा थियो र जापानमा यसलाई हल्का मात्र महसुस गरिएको थियो ।

कामचाट्का र वरपरको स्थिति
कामचाट्काको उत्तरी कुरील्स क्षेत्रमा घरको छानो भत्किएको भिडियोमा देखिएको छ । गाडीहरू हल्लिएको र घरभित्रको सामान चलायमान भएको रिपोर्ट आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई टापुका लागि सुनामी चेतावनी दिएका छन् ।

यता, रूसको कामचाट्कातर्फ सुनामी लहरहरू अघि बढिरहेको समाचारमा जनाइएको छ । सेभेरो–कुरील्स्क सहरको बन्दरगाह र माछा पकड्ने संरचना नष्ट भएका छन् ।

उता, क्यालिफोर्निया तटीय क्षेत्रहरूका लागि सुनामीको चेतावनी दिइएको छ । पहिलो लहर आज दिउँसो १२ः३५ बजे पुग्ने सम्भावना छ । लहरहरू १० देखि ३६ घण्टासम्म जारी रहन सक्ने बताइएको छ ।

जापानमा सुनामी लहरहरू
जापानको पूर्वी तटमा १ फुट अग्लो सुनामी आएको पुष्टि भएको छ । भूकम्पपछिको केही घण्टामा लहरहरू पुगेको ल्ज्प् टेलिभिजनले जनाएको छ ।

यस महिनामात्र ५ भूकम्प
जुलाई महिनाभर कामचाट्का क्षेत्रमा ५ शक्तिशाली भूकम्प आइसकेका छन् । तीमध्ये सबैभन्दा ठूलो ७.४ तीव्रताको थियो । इतिहासमा सन् १९५२ नोभेम्बर ४ मा यहाँ ९ तीव्रताको भूकम्प आएको थियो ।

अमेरिकाका चार राज्यमा पनि अलर्ट
नेशनल सुनामी वार्निङ सेन्टर अलास्काले अलास्काका केही भाग र अमेरिकी पश्चिमी तट क्यालिफोर्निया ओरेगन, वासिङ्टन, हवाईमा निगरानी जारी गरेको छ ।

जापानका भूगर्भशास्त्री शिनिची सकाईका अनुसार उथला केन्द्र भएको भूकम्पले टाढाबाट पनि सुनामीको प्रभाव पार्न सक्छ ।

जापान प्यासिफिक रिङ अफ फायरमा पर्ने भएकाले विश्वमै सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये पर्छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला