२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘भारतले रुससँग के गर्छ भन्ने मलाई कुनै मतलब छैन’: राष्ट्रपति ट्रम्प

२०८२, १६ श्रावण बिहीबार ११:३६

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुससँग भारतको सम्बन्धबारे प्रतिक्रिया दिएका छन् । ‘भारतले रुससँग के गर्छ भन्ने मलाई कुनै मतलब छैन’ ट्रम्पले भनेका छन् । यसअघि ट्रम्पले बुधबार अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका थिए । साथै उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतविरुद्ध थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका थिए ।

‘भारतले रुससँग के गर्छ मलाई मतलब छैन । यदि तिनीहरू बर्बाद हुँदै गइरहेको आफ्नो अर्थतन्त्रलाई एकसाथ डुबाउन चाहन्छन् भने डुबाउन मलाई कुनै मतलब छैन’ ट्रम्पले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा लेखेका थिए ।

पोस्टमा उनले पूर्वरुसी राष्ट्रपति मेदवेदेवलाई ट्रम्पले असफल राष्ट्रपतिको संज्ञा दिए । मेदवेदेवले अझै पनि आफूलाई राष्ट्रपति नै ठान्ने भन्दै ट्रम्पले ‘आफ्ना शब्दमा ध्यान देऊ’ भनेर कसैले उनलाई भन्नुपर्ने पनि बताए । उनले निकै खतरनाक जमिनमाथि कदम राखिरहेको चेतावनी पनि ट्रम्पले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह