२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जहाज ल्याण्ड गर्नेबित्तिकै ककपिटबाटै पाइलट पक्राउ

१६ श्रावण २०८२, बिहीबार १२:११

काठमाडौँ | अमेरिकाको सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा एक पाइलटलाई विमान अवतरणलगत्तै पक्राउ गरिएको छ।

शनिबार राति ९:३५ बजे मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको फ्लाइट २८०९ अवतरण गरेपछि, ३४ वर्षीय सहपाइलट रस्टम भागवरलाई सुरक्षा अधिकारीहरूले विमानभित्रै ककपिटबाट हतकडी लगाएर बाहिर निकाले।

न्युयोर्क टाइम्सका अनुसार, रस्टम भागवरमाथि २४ वटा गम्भीर आपराधिक अभियोग लगाइएको छ, जसमा १० वर्षभन्दा कम उमेरकी बालिकासँग यौन सम्पर्क, यौन आक्रमण र दुर्व्यवहार जस्ता मुद्दा समावेश छन्।

उक्त घटनासँग सम्बन्धित ४५ वर्षीया जेनिफर पावेल नाम गरेकी महिला पनि पक्राउ परेकी छन्। उनीमाथि पनि ती अभियोगहरू लगाइएको छ।

दुवैलाई मार्टिनेज डिटेन्सन सेन्टरमा राखिएको छ। अदालतले रस्टम भागवरको धरौटी १ करोड ५० लाख डलर तोकेको छ। अभियोग प्रमाणित भएमा १५ वर्षदेखि आजीवन कैद सजाय हुन सक्छ।

कन्ट्रा कोस्टा काउन्टी शेरिफ विभागका अनुसार, भागवरमाथि गत अप्रिलदेखि अनुसन्धान भइरहेको थियो। पर्याप्त प्रमाण जुटेपछि होमल्याण्ड सेक्युरिटीको सहयोगमा उनलाई विमानबाटै समातिएको हो।

डेल्टा एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति स्तब्धता व्यक्त गरेको छ र ती पाइलटलाई तत्काल निलम्बन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला