२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

टेस्लाले मस्कलाई किन रोक्न खोज्दैछ?मस्कलाई रोक्न ९ करोड ६० लाख शेयरको प्रस्ताव

२१ श्रावण २०८२, मंगलवार ११:२७

काठमाडौँ । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई पदमा टिकाइराख्न करिब २९ अर्ब डलर बराबरको नयाँ पारिश्रमिक प्याकेज प्रस्ताव गरेको छ । मस्कको पुरानो पारिश्रमिक प्याकेज सम्बन्धी कानुनी लडाइँ चलिरहेका बेला कम्पनीले उनलाई ‘प्रोत्साहन’ दिन ९ करोड ६० लाख कित्ता प्रतिबन्धित शेयर दिने निर्णय गरेको हो ।

गत वर्ष डेलावेयरको एक अदालतले मस्कको ५० अर्ब डलरभन्दा बढीको पारिश्रमिक प्याकेज खारेज गरेको थियो । अदालतले उक्त सम्झौता त्रुटिपूर्ण, शेयरधनीका लागि अन्यायपूर्ण र यसको संरचनामा मस्कको अनुचित प्रभाव रहेको तर्क गरेको थियो । शेयरधनीले दुई पटकसम्म यो ठूलो क्षतिपूर्ति स्वीकृत गर्न मतदान गरे पनि न्यायाधीशले आफ्नो निर्णयलाई सदर गर्दै यसमा रोक लगाएकी थिइन् ।टेस्लाले उक्त निर्णयविरुद्ध डेलावेयरको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

 

अहिले कम्पनीले यो नयाँ पुरस्कार स्वीकृत गर्न शेयरधनीलाई आग्रह गरेको छ । कम्पनी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्समा बजारको लिडर बन्ने सङ्घारमा छ । यसका लागि मस्कको नेतृत्व आवश्यक हुने कम्पनीको तर्क छ ।

यद्यपि, टेस्लाको वर्तमान अवस्था पहिलेभन्दा निकै कमजोर देखिएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्कको समर्थन, हजारौं सङ्घीय कर्मचारीलाई बर्खास्त गर्ने र मानवीय  सहायता कार्यक्रम रद्द गर्ने उनको प्रयासले राष्ट्रव्यापी विरोध प्रदर्शन निम्त्याएको छ । यसैका कारण कम्पनीको बिक्रीमा भारी गिरावट आएको छ । यस वर्ष मात्रै टेस्लाको शेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको छ ।

यति हुँदाहुँदै पनि टेस्लाको सञ्चालक समिति मस्कको निरन्तर संलग्नतालाई कम्पनीको भविष्यका लागि अत्यावश्यक ठान्छ । यसै वर्षको सुरुमा सञ्चालक समितिले अध्यक्ष रोबिन डेनहोम र सदस्य क्याथलिन विल्सन-थम्सनको एक विशेष समिति गठन गरेको थियो । उक्त समितिलाई मस्कलाई क्षतिपूर्ति दिने नयाँ तरिका खोज्ने जिम्मा दिइएको थियो । बोर्डको दाबी अनुसार मस्कले ‘विगत आठ वर्षदेखि कुनै अर्थपूर्ण क्षतिपूर्ति पाएका छैनन् ।’

डेनहोम र विल्सन-थम्सनले शेयरधनीलाई लेखेको पत्रमा भनेका छन्, “हामीलाई थाहा छ, एलन मस्कका सय थरी काम छन्, उनको ध्यान अन्त पनि जान्छ । तर हामीले उनलाई यति ठुलो पुरस्कार (बोनस) किन दिंदैछौं भने उनी टेस्ला छोडेर नजाउन्, यहीँ ध्यान देउन, हाम्रो लगानीको मूल्य बढाइदेउन र राम्रा-राम्रा कर्मचारीलाई पनि कम्पनीमै राखुन् ।”

यदि अदालतले मस्कको सन् २०१८ को पारिश्रमिक प्याकेजलाई पूर्ण रूपमा पुनर्स्थापित गरेमा यो नयाँ अनुदान रद्द हुनेछ । यसरी नयाँ प्याकेज रद्द हुनेसाथ उनले ‘दोहोरो भुक्तानी’ पाउँदैनन् । यो नयाँ शेयर स्वीकार गरेमा मस्क सन् २०२७ सम्म टेस्लाको प्रमुखको रूपमा सेवा गर्न सहमत हुनेछन् । शेयरधनीले ६ नोभेम्बरमा हुने कम्पनीको वार्षिक साधारण सभामा यो नयाँ सम्झौतामा मतदान गर्नेछन् ।

वर्षौंदेखिको तीव्र वृद्धिपछि टेस्लाको गतिमा आएको अवरोधले धेरै लगानीकर्ता र समर्थकलाई चकित बनाएको छ । मस्क राजनीतिमा गहिरिँदै जाँदा लगानीकर्ताले उनीप्रति रुष्ट छन् । मस्कले नै सुरु गरेका टेस्ला र यसका महँगो तथा विवादास्पद परियोजना जस्तै स्वचालित कार र ह्युमनोइड रोबोटमा ध्यान केन्द्रित गर्न उनीहरीले आग्रह गरिरहेका छन् ।

मस्क हाल टेस्लामा १३ प्रतिशत शेयरसहित सबैभन्दा ठूला शेयरधनी हुन् । तर, उनले कम्पनीको लक्ष्यमाथि थप प्रभाव पार्न कम्पनीमाथि थप नियन्त्रण चाहेको बताएका छन् । हालैको एक बैठकमा मस्कले भने, “मेरो नियन्त्रण यति थोरै छ कि सक्रिय शेयरधनीले मलाई सजिलै हटाउन सक्छन् । मलाई लाग्छ टेस्लालाई सही दिशामा लैजान मेरो नियन्त्रण पर्याप्त हुनुपर्छ तर यति धेरै पनि होइन कि यदि म पागल भएँ भने मलाई हटाउन नसकियोस् ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला