२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतको उत्तराखण्डमा भीषण बाढी : ४ जनाको मृत्यु, ५० बेपत्ता

२०८२, २१ श्रावण मंगलवार १७:३५

काठमाडौँ ।भारतको उत्तराखण्ड राज्यमा मंगलवार बादल फाटेपछि आएको भीषण बाढीमा परेर चारजनाको मृत्यु भएको छ । ५० जना हराइरहेका छन् ।

एउटा पहाडबाट पानीको धारा उत्तरकाशीमा रहेको धराली गाउँतर्फ बढिरहेको डरलाग्दो भिडियो समेत सार्वजनिक भएको छ ।
खीरगंगा नदीमा बादल फाटेपछि बाढी आएको हो ।

उत्तरकाशी प्रहरीले बाढीका कारण भएको विनाशको तस्बिर सार्वजनिक गर्दै मानिसहरूलाई नदीबाट टाढा रहन आग्रह गरेको छ ।

बाढीमा फसेका मानिसको उद्धारका लागि टोलीहरू खटिएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले धामीलाई फोन गरेर परिस्थितिको जानकारी लिएका छन् । यस वर्षामा उत्तराखण्डमा निरन्तर मुसलधारे वर्षा भएको छ । त्यहाँका गंगाल लगायतका प्रमुख नदीमा जलस्तर निकै धेरै बढेको छ । सोमवार मात्र दुईजनाको मृत्यु भएको छ भने रुद्रप्रयागमा दुईवटा पसल पहिरो र ढुंगामा पुरिएका छन् ।

भारतको मौसम विभागले उत्तराखण्डमा अत्यधिक वर्षा हुने भन्दै रेड अलर्ट जारी गरेको छ । यो हप्तापछि ठूलो वर्षा हुने येल्लो अलर्ट जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी