२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

३४ सेकेन्डमा हराएको धाराली गाउँ:सेकेन्डमै माटोमा विलिन भयो सिङ्गै गाउँ

२२ श्रावण २०८२, बुधबार ११:४२

काठमाडौँ | भारतको उत्तराखण्डको सुन्दर धाराली गाउँ मात्र लेदोसहितको बाढीले ३४ सेकेन्डमै ध्वस्त भएको छ । माथिबाट एक्कासि आएको बाढीले क्षणभरमै गाउँ नै ध्वस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मंगलबार दिउँसो प्रकृतिले विनाशले खीर गंगा गाउँ केवल ३४ सेकेन्डमै पूर्ण रूपमा बगेको समाचारमा उल्लेख छ । घटनाका भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा अनियन्त्रित वर्षाको पानी र पहाडबाट निस्केको भग्नावशेष गाउँतिर बगिरहेको देखिन्छ, जसले सबै कुरा नष्ट गरेको हो ।

अहिलेसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता छन् । धेरै मानिसहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको समाचारमा उल्लेख छ । उद्धारको काम भैरहेको छ ।

धरालीसँगै हर्षिल र सुक्की क्षेत्रमा पनि भारी वर्षाको पुष्टि भएको छ। हर्षिलमा ८ देखि १० जना सेनाका कर्मचारी बेपत्ता रहेको बताइएको छ। प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ।

धराली गाउँ देहरादुनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट केवल १८ किलोमिटर टाढा अवस्थित छ, जहाँ विगत दुई दिनदेखि निरन्तर भारी वर्षा भइरहेको छ ।

छ महिनाअघि पहाडको एक भाग खसेर खीरगंगा नदीमा अड्किएको थियो। सम्भवतः यसपटक त्यही अड्किएको भाग फुत्किएर नदीमा बाढी आएको र विनाश निम्त्याएको बताइएको छ ।

उत्तरकाशीका मानिसहरूले प्रायः भूकम्प, बाढी र पहिरो जस्ता प्रकोपहरूको सामना गरेका छन्। १७५० मा भारी वर्षाका कारण एउटा पहाड भत्किएर भागीरथीमा खसेको थियो । जसका कारण गाउँ डुबेर लगभग १४ किलोमिटर लामो ताल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला