२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतलाई पाकिस्तानको चेतावनी : ‘सिन्धु बाँध बनाए युद्धको आँधी आउँछ, क्षेप्यास्त्रले ध्वस्त पारिन्छ!’

२७ श्रावण २०८२, सोमबार १४:०६

काठमाडौँ | भारतले सिन्धु नदी सन्धिलाई स्थगन गरिरहेमा नदीमा रहेको बाँधलाई क्षेप्यास्त्र हानेर ध्वस्त पारिदिने पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल असिम मुनीरले चेतावनी दिएका छन् ।

अमेरिकाको फ्लोरिडामा आयोजित एक रात्रिभोज समारोहमा पाकिस्तानी मूलका अमेरिकीहरूलाई सम्बोधन गर्दै मुनीरले यो चेतावनी दिएका हुन् । भारतले सिन्धु नदीमा बाँध बनाएछ भने १० वटा क्षेप्यास्त्र प्रहार गरेर त्यसलाई ध्वस्त पारिदिने उनले दाबी गरे ।

सिन्धु नदी भारतीयहरूको पारिवारिक सम्पत्ति नभएको र आफूहरूसँग क्षेप्यास्त्रको कमी नरहेको उनको भनाइ छ । तीन महिनाअघि भारत र पाकिस्तानबीच चार दिनसम्म लडाइँ हुँदा भारतले सिन्धु नदी सन्धि स्थगन गरेको थियो । त्यसले पाकिस्तानलाई जलसंकट गराउन सक्ने डर छ ।

फ्लोरिडाको टाम्पामा पाकिस्तानका महावाणिज्यदूत अदनान असदले आयोजना गरेको रात्रिभोजमा पाकिस्तानी मूलका १२० जना जति अमेरिकीहरू भेला भएका थिए । उनीहरूलाई कार्यक्रम स्थलमा मोबाइल फोन वा अन्य डिजिटल डिभाइसहरू लैजान बन्देज लगाइएको थियो । मुनीरको सम्बोधनको आधिकारिक लिखत पनि सार्वजनिक गरिएको छैन ।

भारतको अन्लाइन न्युज पोर्टल द प्रिन्टले उक्त रात्रिभोजमा भाग लिएका कैयौं व्यक्तिसँग सम्पर्क गरेर मुनीरको सम्बोधनको सार पत्ता लगाएको हो ।

अमेरिकाको सेन्ट्रल कमान्डका कमान्डर जनरल माइकल कुरिल्लाको सेवानिवृत्ति समारोहमा भाग दिन मुनीर फ्लोरिडा पुगेका हुन् । कुरिल्लाले पाकिस्तानलाई अमेरिकाको आतंकवादनिरोधी अभियानको बलियो साझेदार भनी प्रशंसा गरेका थिए । कुरिल्लालाई पाकिस्तानको सबभन्दा ठूलो नागरिक सम्मान पनि प्रदान गरिएको थियो ।

आफ्नो सम्बोधनका क्रममा मुनीरले भारत र पाकिस्तानलाई राजमार्गमा गुडिरहेका दुईवटा गाडीसँग तुलना गरे । उनले भने, ‘भारत राजमार्गमा फरारी जस्तै गुडिरहेको चम्किलो मर्सिडिज कार हो तर हामी ग्राभेल बोकेको ट्रक हौं । ट्रकले कारलाई हिर्काएमा कसले हार्छ ?’

भारतसँग ठूलो अर्थतन्त्र र प्राविधिक स्रोतसाधन भए पनि पाकिस्तानले उसलाई गम्भीर क्षति पुर्याउन सक्छ भनी मुनीरले यस्तो उदाहरण दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला