२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाको टेक्सासमा तीन भुटानी शरणार्थीको गोलि हानि हत्या

२०८२, २८ श्रावण मंगलवार १३:०९

काठमाडौँ | अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक छन् ।

टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जनाएको छ ।

 

रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा