२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी गठबन्धन यमनी वार्ताका लागि तयार

१७ मंसिर २०७४, आईतवार ११:०७

मंसिर १७, (रासस/एएफपी) | यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले शान्ति वार्ताका लागि प्रस्ताव गर्नुभएको समाचार छ । 

उहाँले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको प्राप्त अर्काे एक समाचारमा पनि जनाइएको छ । 

यमनका पूर्व राष्ट्रपति अब्दुल्लाह सालेहको सैन्य गठबन्धनले यमनी गठबन्धन फौजविरुद्ध सन् २०१५ देखि नै विद्रोह गर्दै आएको छ । 

साउदी अरेबिया नेतृत्वको उक्त गठबन्धनले आइतबार प्रकाशन गरेको एउटा वक्तव्यमा भनिएको छ– सो वार्ताको प्रस्ताव स्वीकार्य छ, साउदी अरेबियाको उनीसँग वार्तामा बस्न तयार छ । 

तर उता यमनी पूर्व राष्ट्रपति सालेहले भने गठबन्धनले नाकाबन्दी हटाउनुपर्ने र आफूहरुबिरुद्धका आक्रमणहरु पनि जतिसक्दो चाँडै रोक्नुपर्ने शर्त राख्नुभएको छ । 

एक समाचारअनुसार हाल यमन विश्वकै ठूलो भोकमरीको जोखिममा रहेको छ । साउदी अरेबियाको गठबन्धनले यमनसँगका सिमानाहरु बन्द गर्नुका साथै विविध अत्यावश्यक वस्तुहरुको आपूर्ति पनि रोकेको छ । 

सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि सत्तालपट गर्न खोजेको आरोप पनि लगाएको थियो । अरब क्षेत्रको यो गरिब देश जहाँ गएका केही बर्षहरुदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । 

पछिल्लो समयमा यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् । ती भिडन्तमा परी सर्वसाधारण र निहत्था नागरिकको ज्यान गएको छ । 

ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो भन्दै शनिबार मात्र पनि यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत स्माली ओल्ड चेख अहमदले सर्वसाधारणको जीवन रक्षाका लागि आग्रह गर्नुभएको छ । 

सानामा पछिल्लो समययता यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन् । 

हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ । यमनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अबेद्रबु मन्सुर हादी हनुहुन्छ । उहाँको सरकारविरुद्ध उक्त हुथी विद्रोही समूह पनि सालेहको साझेदार रहिआएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला