२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी गठबन्धन यमनी वार्ताका लागि तयार

२०७४, १७ मंसिर आईतवार ११:०७

मंसिर १७, (रासस/एएफपी) | यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले शान्ति वार्ताका लागि प्रस्ताव गर्नुभएको समाचार छ । 

उहाँले शनिबार आफूले साउदी अरेबियाको नेतृत्वको गठबन्धनसँग वार्तागर्न प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावको उता साउदी अरेबियाले पनि स्वागत गरेको प्राप्त अर्काे एक समाचारमा पनि जनाइएको छ । 

यमनका पूर्व राष्ट्रपति अब्दुल्लाह सालेहको सैन्य गठबन्धनले यमनी गठबन्धन फौजविरुद्ध सन् २०१५ देखि नै विद्रोह गर्दै आएको छ । 

साउदी अरेबिया नेतृत्वको उक्त गठबन्धनले आइतबार प्रकाशन गरेको एउटा वक्तव्यमा भनिएको छ– सो वार्ताको प्रस्ताव स्वीकार्य छ, साउदी अरेबियाको उनीसँग वार्तामा बस्न तयार छ । 

तर उता यमनी पूर्व राष्ट्रपति सालेहले भने गठबन्धनले नाकाबन्दी हटाउनुपर्ने र आफूहरुबिरुद्धका आक्रमणहरु पनि जतिसक्दो चाँडै रोक्नुपर्ने शर्त राख्नुभएको छ । 

एक समाचारअनुसार हाल यमन विश्वकै ठूलो भोकमरीको जोखिममा रहेको छ । साउदी अरेबियाको गठबन्धनले यमनसँगका सिमानाहरु बन्द गर्नुका साथै विविध अत्यावश्यक वस्तुहरुको आपूर्ति पनि रोकेको छ । 

सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि सत्तालपट गर्न खोजेको आरोप पनि लगाएको थियो । अरब क्षेत्रको यो गरिब देश जहाँ गएका केही बर्षहरुदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी हजारौँ सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । 

पछिल्लो समयमा यमनको राजधानी सानामा निकै ठूला भिडन्तहरु भएका समाचारहरु आएका छन् । ती भिडन्तमा परी सर्वसाधारण र निहत्था नागरिकको ज्यान गएको छ । 

ती भिडन्त तथा द्विपक्षीय झडपहरुमा सर्वसाधारण नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य हो भन्दै शनिबार मात्र पनि यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत स्माली ओल्ड चेख अहमदले सर्वसाधारणको जीवन रक्षाका लागि आग्रह गर्नुभएको छ । 

सानामा पछिल्लो समययता यहाँका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक सैन्य समूह, हुथी विद्रोही र वर्तमान राष्ट्रपति अबेद्रब्बु मन्सुर हादीका बीचमा ती भिडन्तहरु भएका छन् । 

हुथी विद्रोहीलाई इरानले समर्थन गर्दै आएको छ । यमनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति अबेद्रबु मन्सुर हादी हनुहुन्छ । उहाँको सरकारविरुद्ध उक्त हुथी विद्रोही समूह पनि सालेहको साझेदार रहिआएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल