२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले दियो यस्तो खतरनाक चेतावनी, अब के हुन्छ ?

२०७४, १९ मंसिर मंगलवार १०:३३

मङ्सिर १९, प्योङयाङ । दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । 

यी दुई देशको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई सैन्य अभ्यास सोलमा सोमबारबाट सुरु भएको छ । यो अभ्यास पाँच दिनसम्म चल्ने पनि बताइएको छ । 

उत्तर कोरियाले सो सैन्य अभ्यासको कडा शब्दमा विरोधगर्दै आफ्ना विरुद्ध लक्षित रहेको उक्त सैन्य अभ्यासको आफूहरुले जवाफ दिने चेतावनी पनि दिएको उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएबाट प्राप्त समाचारमा जनाइएको छ । 

समाचारमा जनाइएअनुसार सैन्य अभ्यास कोरियाली प्रायद्वीप क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको भएपनि यसलाई यी दुई देशले उत्तरका विरुद्धमा उसको आणविक परीक्षणको जवाफ दिएको रुपमा धेरैले हेरेका छन् । 

यस हवाई सैन्य अभ्यासको कडा शब्दमा विरोध गर्दै उत्तर कोरियाले आफ्ना विरुद्धको उत्तेजना फैलाउने र उत्तर कोरियामाथि आक्रमणका लागि बल जाँच्ने भित्री ध्येयका साथ यो सैन्य अभ्यास गरेको बताएको छ । 

यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी करिब २३० वटा युद्धक विमानहरुको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ र जहाँ हजारौँ स्थल सेना पनि रहेका छन् । 

दशौँ हजारको संख्यामा दक्षिण कोरियाली सेना सहभागी भइरहेको सो सैन्य अभ्यासलाई आफ्ना बिरुद्धको शक्ति प्रदर्शनका रुपमा उत्तर कोरियाले लिएको बताइएको छ । 

उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला सोमबारबाट सो सैनिक अभ्यास सुरु भएको हो । 

केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो । उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुुरु गरेका बताइएको छ । 

केही रक्षा अधिकारीहरुले दिएको अनौपचारिक जानकारीअनुसार यस हवाई सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ । ती विमानहरु दक्षिण कोरियाको आकासमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ । 

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । 

तर उत्तरले भने यस संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै