२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी सहर सिकागोमा गोली चल्दा पाँचको मृत्यु, दर्जनौं घाइते

२१ श्रावण २०७५, सोमबार ०७:३९

साउन २१, वासिङ्टन | अमेरिकी सहर सिकागोमा आइतबार अराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन् । 

सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताउनुभयो । “सिकागोमा यो हिंसात्मक घटना साँझपख भएको छ । सडकमा खुलेआम गोली चलाउनु कुनै पनि स्थितिमा स्वीकार्य हुँदैन, दोषीमाथि कडा कानुनी कारबाही हुन्छ ।” 

प्रहरीका अनुसार, बन्दुकधारीले एउटा अत्येष्टिमा सहभागी मानिसहरुको भीडमा पनि अन्धाधुन्ध गोली चलाएका थिए, र त्यहाँ एकजना ११ वर्षका बालक पनि गोली लागेर घाइते भएका छन् । 

सिकागोमा यस्तै गिरोहहरुका कारण सन् २०१६ मा सबैभन्दा बढी हिंसात्मक घटनाहरु भएका थिए । त्यहीकारण राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता घटनाका सम्बन्धमा निरन्तर आलोचना गरिआउनुभएको छ । तर प्रहरी प्रमुख वालरले सिकागोमा गोली हानाहानका घटनामा विगत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतले कमी आएको बताउनुभयो । 

“यो कुनै ठूलो विजय त होइन, तर हामी सकारात्मक दिशातर्फ अग्रसर छौं,” उहाँले भन्नुभयो । “सडकमा जथाभावी बन्दुक बोक्नेहरुबाट हामीले यस वर्षमात्र ५,५०० भन्दा बढी थान बन्दुक जफत गरेका छौं ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा