२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी सहर सिकागोमा गोली चल्दा पाँचको मृत्यु, दर्जनौं घाइते

२०७५, २१ श्रावण सोमबार ०७:३९

साउन २१, वासिङ्टन | अमेरिकी सहर सिकागोमा आइतबार अराह्न भएको हिंसात्मक घटनामा गोली लागेर पाँच जनाको मृत्यु हुनुका साथै अरु ४४ जना घाइते भएका छन् । 

सिकागोका प्रहरी प्रमुख फ्रेड वालरले पत्रकार सम्मेलन गरी गोली हानाहानको यो घटनामा असामाजिक गिरोहहरुको संलग्नता रहेको बताउनुभयो । “सिकागोमा यो हिंसात्मक घटना साँझपख भएको छ । सडकमा खुलेआम गोली चलाउनु कुनै पनि स्थितिमा स्वीकार्य हुँदैन, दोषीमाथि कडा कानुनी कारबाही हुन्छ ।” 

प्रहरीका अनुसार, बन्दुकधारीले एउटा अत्येष्टिमा सहभागी मानिसहरुको भीडमा पनि अन्धाधुन्ध गोली चलाएका थिए, र त्यहाँ एकजना ११ वर्षका बालक पनि गोली लागेर घाइते भएका छन् । 

सिकागोमा यस्तै गिरोहहरुका कारण सन् २०१६ मा सबैभन्दा बढी हिंसात्मक घटनाहरु भएका थिए । त्यहीकारण राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता घटनाका सम्बन्धमा निरन्तर आलोचना गरिआउनुभएको छ । तर प्रहरी प्रमुख वालरले सिकागोमा गोली हानाहानका घटनामा विगत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतले कमी आएको बताउनुभयो । 

“यो कुनै ठूलो विजय त होइन, तर हामी सकारात्मक दिशातर्फ अग्रसर छौं,” उहाँले भन्नुभयो । “सडकमा जथाभावी बन्दुक बोक्नेहरुबाट हामीले यस वर्षमात्र ५,५०० भन्दा बढी थान बन्दुक जफत गरेका छौं ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? मलेसियाको बायोमेट्रिक मेडिकलको नाममा ठगी र सिन्डिकेटमाथि श्रम मन्त्रालयको टास्क फोर्सको छापा स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार