२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमिकाले भेट्न नमानेपछि ११ बर्षीय भाइको अपहरण, नुहाउँदा नुहाउदै थाकेपछि डुबाएर हत्या

२४ श्रावण २०७५, बिहीबार ०६:४३

साउन २४, एजेन्सी | भारतको लुधियानामा प्रेमिकाले भेट्न नमानेपछी रिसाएका प्रेमीले उनको ११ बर्षका भाईलाई अपहरण गरि हत्या गरेको समाचार भारतीय संचार माध्यममा छाएको छ ।

वालक अपहरण गरेपछि ति अपहरणकारी प्रेमीले बालकलाई सतलज नदीमा डुबाएर हत्या गरेका छन् । हत्या गरेको ९ दिनपछी ४ अगस्टका दिन अपहरणकारीले प्रेमिकाको आमाबुबासँग २ लाख रुपयाँको फिरौती समेत माग्दै पैसा नदिए बच्चा मारिदिने धम्कि मोबाइल संदेश मार्फत दिएका थिए । त्यहि म्यासेजको आधारमा प्रहरीले फोन ट्रेस गरि आरोपीलाई दिल्लीबाट गिरफ्तार गरेको छ ।

आरोपीको पहिचान बिहारको अजमल आलमको रुपमा भएको छ । आरोपीलाई पक्राउ गरेपछि भारतीय प्रहरीले अदालतमा पेश गर्दै दुई दिन हिरासतमा लिएको छ । आरोपीलाई प्रहरीले बच्चाको बुबा कुन्नेलालको बयानको आधारमा मुद्धा दायर गरेको छ । प्रहरीले त्यस अघि बच्चाको अपहरणको मुद्दा दायर गरेको थियो । तर ९ दिनपछी आरोपीले फिरौती मागेपछि र मारेको थाहा भएपछी अपहरण गरि हत्या गरेको भन्दै हत्याको पनि मुद्दा दायर गरेको छ ।

स्कूलबाट फर्कंदै गर्दा अपहरण: नुहाउँदा-नुहाउँदै थाकेपछी नदीमा डुबाएर हत्या 

२७ जुलाईको दिन जब बालक स्कूलबाट घर आएर खेल्न जाने क्रममा अपहरणमा परेका थिए । आरोपीले प्रहरीलाई दिएको बयान अनुसार जब उनले बालकलाई अपहरण गरे तब प्रेमिकालाई तड्पाउनकै लागि उनको भाईको हत्या गर्ने योजना बनाएका थिए । यस क्रममा सतलज नदीमा बच्चालाई नुहाउन लगा, नुहाउँदा-नुहाउँदै बच्चा थाकेपछि उनले बच्चालाई सतलज नदीमा डुबाएर हत्या गरेका थिए । हत्या पछि बालकको लासलाई उनले नदीमै बगाईदिएका थिए । 

बच्चाला हत्या गरेको दुई दिनपछि अपहरणकारीलाई थाहा भयो कि बच्चाको बुबाले प्रहरीमा मुद्दा दर्ता गरेका छन् तब उनि भागेर दिल्ली पुगे । उनि दिल्ली मा रहेकी अर्की प्रेमिकाको मा गएर लुकेर बसेका थिए । प्रहरीले उनलाई खोजि गरेपनी कहाँ छन् कुनै सुराकी नपाएको अवस्थामा उनले बालक हत्या गरेको ९ दिनपछी बालकको बुबालाई २ लाख फिरौती माग्दै पैसा मागे । आरोपीले ९ दिनपछि नयाँ सिम लिएर आफ्नी दिल्लीमा रहेकी प्रेमिकाको फोनमा हालेर बच्चाको बुबालाई म्यासेज गरेका थिए । त्यसपछि उनले फेरी अर्को म्यासेज गरेका थिए जसमा भनेका थिए कि यदी फिरौती नदिने भए बच्चालाई भुले हुन्छ । उनले फेरी अर्को म्यासेजमा भनेका थिए कि 'एकको ज्यान गएको छ र अब अर्को छोरा वा छोरीको पालो छ । पैसा नदिनुको सजाय तैले भुल्दैनस्, किनकी आफ्नो छोराको लास लिएर जा ।'

अपराधीबाट आएको म्यासेजको आधारमा प्रहरीलाई अपराधी पक्रन सहयोग मिल्यो । म्यासेज्को आधारमा प्रहरीले नंबर ट्रेस गर्न सुरु गर्यो । तर आरोपीले मोबाइल बन्द गरे । मोबाइल बन्द भएपनि नंबर ट्रेस गर्दै तीन दिन अपछी आरोपीलाई प्रहरीले दिल्लीबाट पक्राउ गर्न सफल भयो । अपराधीले दिएको बयान अनुसार बालकको शव खोजिनेछ । प्रहरीले आरोपीको दिल्लीमा रहेकी प्रेमिकालाई पनि  पक्राउ गरेर अपहरणमा संलग्न हुनसक्ने अन्यको जानकारी लिंदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर