२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण लाओसमा बाँध भत्किदा ३६ को मृत्यु

२०७५, २८ श्रावण सोमबार १०:०८

साउन २८, लाओस | लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले सोमबार पुष्टि गरेको छ । 

लाओस पिपुल्स आर्मीका उपनिर्देशक फालोम लिन्थोङले शनिबार एक तीन वर्षीया बालिकासहित ३६ व्यक्तिको शव हिन्लाथ गाउँमा भेटिएको बताएका छन् । घाइते भएका तीन व्यक्तिको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । 

उद्धारकर्ता र सैनिकको टोलीलाई उद्धार कार्यका लागि अन्य उपकरणको आवश्यकता भएको ब्रिगेडियर जनरल फालोमले सञ्चार माध्यमलाई आइतबार जानकारी दिनु भएको छ । 

करिब ५८५ सैनिक र सिंगापुरका १७ जना उद्धारकर्ताहरुले लगातार बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेका छन् । तर पानी सहितको बाक्लो लेदो माटोको कारण उद्धारकार्यमा कठिनाइ भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै