२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डोनेसिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

३१ श्रावण २०७५, बिहीबार ११:५९

साउन ३१, जाकार्ता | मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । 

यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस्त भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीले जानकारी दिएका छन् । 

यस भूकम्पको कारण ४ लाख १७ हजार व्यक्तिलाई उनीहरुको घरबाट अन्यत्रै सुरक्षित स्थानमा लगिएको ती अधिकारीले जानकारी दिनु भएको छ । 

उक्त भूकम्पबाट भएको क्षतिको अझै पूर्ण विवरण प्राप्त भएको छैन । उद्धारकार्य अझै पनि जारी रहेकाले हालसम्मको क्षतिको सबै तथ्याङ्क प्राप्त नभएको जानकारी ती अधिकारीले दिएका छ्न् । 

भूकम्पपछि कैयौँ स्थानमा पहिरो गएको बताइएको छ । इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा गत अगष्ट ५ मा ६.९ म्याग्नीच्युडको भूकम्प गएको थियो । 

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ । 

सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…