२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाली सीमाक्षेत्रको १० वटा सुरक्षा पोष्ट हटाउने

२०७५, ५ भाद्र मंगलवार ११:५३

भदौ ५, सिओल | दक्षिण कोरियाका रक्षामन्त्री सोङ योङ–मूले कोरियाली सीमाक्षेत्रमा रहेका दशवटा सुरक्षा पोष्ट परीक्षणका रुपमा हटाउने बताउनुभएको छ । गत अप्रिलमा अन्तर–कोरियाली शिखर बैठकमा भएको असैनिक क्षेत्रलाई “शान्ति क्षेत्र” का रुपमा रुपान्तरण गर्ने सहमति बमोजिम यो कदम चालिएको मन्त्री सोङले बताउनुभयो । 

दुवै मुलुकबीच रहेको सैनिक तनाब कम गर्ने र विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यसहित एक उपायका अघि सारिएको यो कार्यक्रमको समयतालिका भने सार्वजनिक गरिएको छैन । दुई कोरियालाई छुट्याउने मध्यवर्ती क्षेत्रमा उत्तर कोरियाका तर्फबाट पनि यस्तै कदम चालिने अपेक्षा दक्षिणको छ । 

“हामी एक वा दुईवटा सुरक्षा पोष्ट तत्कालै हटाउँछौं, र त्यसपछि बाँकी हटाउँछौं,” संसदको प्रतिरक्षा समितिमा सोङले जानकारी गराउनुभयो । 

“दक्षिणले स्थापना गरेका सबैभन्दा नजिकका पोष्टहरु सीमाबाट ७०० मिटर भित्र छन् । हामी एक किलोमिटर भित्रका पोष्टहरु हटाउने तयारीमा छौं,” मन्त्री सोङले भन्नुभयो । 

गत महिना उच्च सैनिक नेतृत्वबीच भएको छलफलका क्रममा असैनिक क्षेत्रमा शान्तिपूर्ण अवस्था निर्माण गर्ने सहमति भएको थियो । उनीहरुबीच सुरक्षा पोष्टहरु हटाउँदै लैजाने, संयुक्त सुरक्षा क्षेत्रबाट हातहतियार हटाउने र विगतमा निधन भएका सैनिकको खोजी गर्ने पनि सहमति भएको थियो । 

सिओल र प्योङयाङले पछिल्ला समयमा धेरैवटा विश्वास निर्माणका उपायहरु अख्तियार गर्नुभएको छ । दुबै मुलुकबीच अहिले सैनिक सञ्चार च्यानल पूर्ण रुपमा खुला गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै