२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीको एक होटलमा आगलागी: १८ जनाको मृत्यु

९ भाद्र २०७५, शनिबार ०९:२५

भदौ ९, बेइजिङ | चीनको एउटा होटलमा भएको आगलागीमा परी शनिबार सवेरै कम्तीमा १८ को मृत्यु भएको छ । 

उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् । 

राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११.५० सम्ममा १८ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ । 

स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै प्रेषित समाचारमा उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ “घटनाका कारणका बारेमा अनुसन्धान भइरहेको छ, विस्तृत विवरण आउन बाँकी नै रहेको छ,” एक अधिकारीले भने । 

होटलमा हुने आगलागीका घटना चीनमा बारम्बार हुने गरेका पाइन्छ । सुरक्षा सतर्कता र मर्मतमा वेवास्ता गरेकाले यस्ता घटना धेरै हुने गरेको बताइएको छ । 

गत अप्रिलमा पनि चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको थियो भने, गत नोभेम्बरमा भएको आगलागीमा १९ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर