२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध उजुरी

२१ भाद्र २०७५, बिहीबार १६:३४

भदौ २१, उत्तरप्रदेश । भारतीय सर्वसाधारण नागरिकलाई लोभ देखाउँदै हिन्दू धर्म परिवर्तन गराएको आरोपमा २७१ जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाउन अदालतले प्रहरीलाई आदेश दिएको छ ।

उत्तर प्रदेशको जोनपुरमा हिन्दु धर्मको गलत प्रचार गरेको र लोभ देखाएर क्रिश्चियन (ईसाई) धर्म अपनाउन लगाएको आरोपमा अदालतले तीन पादरीसहित २७१ जनालाई पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न प्रहरीलाई आदेश दिएको हो ।

हिन्दु जागरण मञ्चको उजुरीमा अदालतले उक्त आदेश दिएको हो । हिन्दु जागरण मञ्चका ब्रजेश सिंहका अनुसार ईसाई धर्मका प्रचारकले जोनपुर, आजमगढ, वाराणसी र गाजीपुर जिल्लाका गाउँका बासिन्दालाई चर्चमा प्रार्थना गर्न दबाव दिँदै आएका थिए । सिंहका अनुसार चर्चमा प्रत्येक आइतबार र मंगलबार प्रार्थना सकिएपछि उनीहरुलाई हिन्दु धर्मको बारेमा गलत कुरा भनिन्थ्यो र ईसाई धर्म अपनाउन प्रोत्साहित गरिन्थ्यो ।

उजुरीमा भनिएको छ चर्चमा पूजा गरिसकेपछि नशालु प्रतिवन्धित औषधि दिइन्छ र यसै क्रममा धर्म परिवर्तन गराएर ईसाई बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर