२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भारत बन्द ! यस्तो छ कारण

२०७५, २४ भाद्र आईतवार १९:०६

भदौ २५, काठमाडौँ | पेट्रोल र डीजलको मूल्य लगातार बढ्दा र भारतीय रुपयाँको मूल्यमा गिरावट भएको बिरोधमा कांग्रेस (Congress) ले आज सोमवार १० सेप्टेम्बरका दिन भारत बन्दको आव्हान गरेको छ | भारत बन्दको भारतका बिभिन्न २० राजनीतिक पार्टिहरुले समर्थन गरेका छन् | पार्टीका अनुसार भारत बन्दलाई समाजवादी पार्टी (सपा), बहुजन समाज पार्टी (बसपा), राष्ट्रवादी कांग्रेस पार्टी (राकांपा), द्रमुक, राष्ट्रीय जनता दल (राजद), मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा), भारतीय कम्युनिस्ट पार्टी (भाकपा), जनता दल एस (जेडीएस), राष्ट्रीय लोक दल (रालोद), झारखंड मुक्ति मोर्चा (झामुमो) र अन्य दलको पनि समर्थन रहेको छ | कांग्रेसका अनुसार पछिल्लो चार बर्षमा भारत सरकारले ईन्धनमा अत्याधिक शुल्क लगाएर ११ लाख करोड भारतीय रुपयाँ कमाई गरेको र उक्त रकम सरकारले जनतासँग उठाएको बताएको छ | भारतमा अगस्ट १५ पछि अहिलेसम्म पेट्रोल ३.४२ भारतीय रुपयाँ प्रति लीटर र डीजल ३.८४ भारतीय रुपयाँ प्रतिलिटर महँगो बनेको छ |

भारत बन्दको कारण आम जन-जीवनमा ठूलो असर पर्ने बताइएको छ | विपक्ष पार्टी सहित २० राजनीतिक दलको बन्द भएकाले कांग्रेसले बन्द सफल बनाउने कोसिस गर्नेछ | कांग्रेसका अनुसार आज 'भारत बन्द' बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ | कांग्रेसले आम जनताको समस्यालाई ध्यानमा राख्दै ९ बजे देखि ३ बजेसम्म ६ घण्टा मात्र बन्द गर्ने जनाएको छ |


कांग्रेसद्वारा कार्यकर्ताहरुलाई यस्तो अपिल 

कांग्रेसले पार्टी कार्यकर्ताहरुलाई भारत बन्दलाई शान्ति कायम राख्न र कुनै प्रकारको हिंश्रक प्रदर्शनमा सामेल नहुन आग्रह गरेको छ | कांग्रेसका प्रवक्ताले भनेका छन्, 'म सबै कांग्रेस कार्यकर्ताहरुसंग बन्दलाई हिंसामुक्त बनाउन अनुरोध गर्दछु | हामी महात्मा गान्धीको पार्टीका हौँ र हामी आफू कुनैपनि हिंसासँग जोडिने छैनौं |' 

आइतवार भारतमा पेट्रोल र डीजेलको मूल्य नयाँ ऊंचाईमा पुगेको छ | आइतवार पेट्रोलको मूल्य १२ पैसा प्रति लीटर र डीजेलको मूल्य १० पैसा प्रति लिटर वृद्धि भएको छ | दिल्लीमा आइतवार पेट्रोलको मूल्य भारतीय मूल्य अनुसार ८० रुपयाँ ५० पैसा र डीजलको मूल्य भारतीय रुपयाँ ७२.६१ प्रति लिटर छ | भारतका सबै मेट्रो शहर र अन्य राज्यको तुलनामा दिल्लीमा सबैभन्दा कम मूल्यमा इन्धन पाइन्छ | 

-भारतसँग सिधा व्यापारिक सम्झौता भएको देश भएकाले भारतमा बन्दको प्रभाव हुँदा त्यसको सामान्य असर नेपालमा पनि पर्छ | भारतमा ६ घण्टासम्म सवारी आवातजावत र बजार समेत ठप्प हुँदा भारतबाट सामान लिएर नेपाल आउने सवारी समेत रोकिनेछन् भने भारतीय बजारबाट आयात हुने सामान समेत रोकिनेछन् | भारतमा इन्धनको मूल्य बढ्दा वा घट्दा नेपालमा समेत त्यसको असर हुन्छ भने भारतीय रुपयाँको मूल्य घट्दा नेपालको रुपयाँको समेत मूल्य घट्ने गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै