२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज भारत बन्द ! यस्तो छ कारण

२४ भाद्र २०७५, आईतवार १९:०६

भदौ २५, काठमाडौँ | पेट्रोल र डीजलको मूल्य लगातार बढ्दा र भारतीय रुपयाँको मूल्यमा गिरावट भएको बिरोधमा कांग्रेस (Congress) ले आज सोमवार १० सेप्टेम्बरका दिन भारत बन्दको आव्हान गरेको छ | भारत बन्दको भारतका बिभिन्न २० राजनीतिक पार्टिहरुले समर्थन गरेका छन् | पार्टीका अनुसार भारत बन्दलाई समाजवादी पार्टी (सपा), बहुजन समाज पार्टी (बसपा), राष्ट्रवादी कांग्रेस पार्टी (राकांपा), द्रमुक, राष्ट्रीय जनता दल (राजद), मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा), भारतीय कम्युनिस्ट पार्टी (भाकपा), जनता दल एस (जेडीएस), राष्ट्रीय लोक दल (रालोद), झारखंड मुक्ति मोर्चा (झामुमो) र अन्य दलको पनि समर्थन रहेको छ | कांग्रेसका अनुसार पछिल्लो चार बर्षमा भारत सरकारले ईन्धनमा अत्याधिक शुल्क लगाएर ११ लाख करोड भारतीय रुपयाँ कमाई गरेको र उक्त रकम सरकारले जनतासँग उठाएको बताएको छ | भारतमा अगस्ट १५ पछि अहिलेसम्म पेट्रोल ३.४२ भारतीय रुपयाँ प्रति लीटर र डीजल ३.८४ भारतीय रुपयाँ प्रतिलिटर महँगो बनेको छ |

भारत बन्दको कारण आम जन-जीवनमा ठूलो असर पर्ने बताइएको छ | विपक्ष पार्टी सहित २० राजनीतिक दलको बन्द भएकाले कांग्रेसले बन्द सफल बनाउने कोसिस गर्नेछ | कांग्रेसका अनुसार आज 'भारत बन्द' बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ | कांग्रेसले आम जनताको समस्यालाई ध्यानमा राख्दै ९ बजे देखि ३ बजेसम्म ६ घण्टा मात्र बन्द गर्ने जनाएको छ |


कांग्रेसद्वारा कार्यकर्ताहरुलाई यस्तो अपिल 

कांग्रेसले पार्टी कार्यकर्ताहरुलाई भारत बन्दलाई शान्ति कायम राख्न र कुनै प्रकारको हिंश्रक प्रदर्शनमा सामेल नहुन आग्रह गरेको छ | कांग्रेसका प्रवक्ताले भनेका छन्, 'म सबै कांग्रेस कार्यकर्ताहरुसंग बन्दलाई हिंसामुक्त बनाउन अनुरोध गर्दछु | हामी महात्मा गान्धीको पार्टीका हौँ र हामी आफू कुनैपनि हिंसासँग जोडिने छैनौं |' 

आइतवार भारतमा पेट्रोल र डीजेलको मूल्य नयाँ ऊंचाईमा पुगेको छ | आइतवार पेट्रोलको मूल्य १२ पैसा प्रति लीटर र डीजेलको मूल्य १० पैसा प्रति लिटर वृद्धि भएको छ | दिल्लीमा आइतवार पेट्रोलको मूल्य भारतीय मूल्य अनुसार ८० रुपयाँ ५० पैसा र डीजलको मूल्य भारतीय रुपयाँ ७२.६१ प्रति लिटर छ | भारतका सबै मेट्रो शहर र अन्य राज्यको तुलनामा दिल्लीमा सबैभन्दा कम मूल्यमा इन्धन पाइन्छ | 

-भारतसँग सिधा व्यापारिक सम्झौता भएको देश भएकाले भारतमा बन्दको प्रभाव हुँदा त्यसको सामान्य असर नेपालमा पनि पर्छ | भारतमा ६ घण्टासम्म सवारी आवातजावत र बजार समेत ठप्प हुँदा भारतबाट सामान लिएर नेपाल आउने सवारी समेत रोकिनेछन् भने भारतीय बजारबाट आयात हुने सामान समेत रोकिनेछन् | भारतमा इन्धनको मूल्य बढ्दा वा घट्दा नेपालमा समेत त्यसको असर हुन्छ भने भारतीय रुपयाँको मूल्य घट्दा नेपालको रुपयाँको समेत मूल्य घट्ने गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ